Trending
Prev Story
Next Story

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

Nagarik News •
October 27, 2026 • 04:38 AM
1
1 reads 0 reactions

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चा हुन थालेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले उन्नत बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर प्रतिस्पर्धा तथा सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक रहेको बताएका छन्।

'प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक छ,' उनले भनेका छन्, 'उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूवीच निरन्तर प्रतिष्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना-प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो।'

तर, निर्वाचनपछि पनि सरकार परिवर्तन वा ढाल्ने खेल दोहोरिरहनु देशलाई अनिश्चिततातर्फ धकेल्ने उनको भनाइ छ। विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसका दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेशिन बाध्य पार्ने र देशलाई भूराजनीतिक जोखिममा पार्ने चेतावनी दिएका छन्।

भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर बन्न आग्रह गरेका छन्। सरकार र राज्यका विभिन्न निकायमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिँदै उनले विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने बताएका छन्।

सत्तामा रहेकाहरूले जनताको आवाज नसुने विधिसम्मत ढंगले दण्डित गर्न र पदबाट हटाउनुपर्ने उनको धारणा छ।

'अतः देश र जनताप्रति जिम्मेवार सबै नागरिक गम्भीर बनौं! सरकार र सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गरौं! विशेषतः विपत्तिमा परेका, ऐतिहासिक वञ्चितीकरणमा परेका, निर्धानिमुखा जनताको आवाजले सत्तामा रहनेहरूको कान घोचीरहौं। सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गरौं, हटाऊँ!' नले भने।

यद्यपि, संविधानको परिधिभित्र रहेसम्म निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने भट्टराईले बताएका छन्। सरकारले काम गर्न नसके वा गलत काम गरे अर्को निर्वाचनमार्फत बिदा गर्नुपर्ने उनको सुझाव छ।

'परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ! काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौं!' उनले भनेका छन्

प्रकाशित: १० कार्तिक २०८३ १०:२३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्। बस्नेतले मुख्यतः सरकारको कार्यशैली, सुशासन, सामाजिक न्याय र जनजीविकाका स...

#चाडपर्व #सकिएलगत्तै
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#चाडपर्व
Compare →
Ekantipur
6d ago
गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो ।

#भट्टराई
Compare →

Related Stories

Politics & Governance
Build #2611