Trending
Prev Story
Next Story

पूर्वीनाका हुँदै तीन महिनामा भित्रिए ५३ देशका पर्यटक

Ekantipur •
October 27, 2026 • 05:00 AM
1
1 reads 0 reactions

काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।

पूर्वीनाका हुँदै तीन महिनामा भित्रिए ५३ देशका पर्यटक

काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।

झापा — पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्षको साउनमा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन् । पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन् ।

पर्यटक आगमनको मौसम सुरु भएकाले असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ । सबैभन्दा धेरै पर्यटक भुटानबाट भित्रिएका छन् । असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ ।

तीन महिनामा भूटानबाट ४७८ जना, अमेरिकाबाट २४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बङ्गलादेशबाट ३५ जना पर्यटक पूर्वीनाका हुँदै नेपाल प्रवेश गरेको कार्यालयका प्रमुख भट्टराईले बताए ।

यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसासमेत जारी हुने गरेको छ । चालु आवको तीन महिनामा ९९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको उनले बताए ।

पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा ९८५ जना विदेशी नागरिक भारत गएका छन् । जसमा साउनमा ३१८ जना, भदौमा २३० जना र असोजमा ४३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#पर्यटक #देशका
Compare →
Hamro Patro News
2d ago
सप्तरङ्गी टीका र ढाकाटोपीमा सजिए १५ देशका विदेशी पर्यटक

सप्तरङ्गी टीका र ढाकाटोपीमा सजिए १५ देशका विदेशी पर्यटक

सप्तरङ्गी टीका र ढाकाटोपीमा सजिए १५ देशका विदेशी पर्यटक २७ मिनेट अघि कास्की : हिन्दु नेपालीहरूको चाड तिहारको सांस्कृतिक उल्लासमा पोखरा पुगेका विदेशी पर्यटकहरू पनि झुमेका छन्। होटल सङ्घ पोखरा नेप...

#पर्यटक #देशका
Compare →
Nagarik News
3d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

#काँकडभिट्टा #असोज
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611