काठमाडौँ । ‘अर्नव’ चक्रवातको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन र चट्याङसहित मध्यमदेखि धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बिहीबारदेखि मौसममा उल्लेख्य परिवर्तन आउनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ।
Read full story at source ( canadanepal.com )