Trending
Prev Story
Next Story

ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

उल्लिखित शीर्षकमा ‘कहाँ थिए, कहाँ पुगे’ भन्दा अलि अतिरञ्जित सुनिएला । यद्यपि, त्यो उनको अनुभूतिलाई सम्बोधन गर्न खोजिएको हो । किनभने कलेजी रङको वस्त्र धारण गरेर आफ्नो सिग्नेचर मुस्कानसहित ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘जीवन र …

ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ?

उल्लिखित शीर्षकमा ‘कहाँ थिए, कहाँ पुगे’ भन्दा अलि अतिरञ्जित सुनिएला । यद्यपि, त्यो उनको अनुभूतिलाई सम्बोधन गर्न खोजिएको हो । किनभने कलेजी रङको वस्त्र धारण गरेर आफ्नो सिग्नेचर मुस्कानसहित ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘जीवन र जिन्दगीभन्दा केही पर । अनजानजस्तै एउटा संसार ।’

‘अनजानजस्तै एउटा संसार’ भनी उनले ओशो तपोवन पुगेपछि आफ्नो अनुभूति व्यक्त गरेका हुन् । अध्यात्म, योग, ध्यान र साधनाको थलोमा पुगेर उनले किन त्यसो भने होलान् ? यो प्रश्नको जवाफ खोज्न कठिन छैन । किनभने उनी धेरै सांसारिक र अलिकति तामसिक जीवनमा रमाइरहेका मान्छे हुन् ।

किनभने उनी राजनीतिकर्मी हुन्, जसलाई सांसारिक जीवनबाट हत्तपत्त मुक्ति मिल्दैन । आफ्नो मात्र होइन, अरूको पनि दुःख बोकेर हिँड्नुपर्ने, आफूले के गर्छु मात्र होइन, अरूले के गर्छ भनी चियोचर्चा गर्नुपर्ने, आफू कस्तो बाँच्ने मात्र होइन, अरू कसरी बाँचे भनी ख्याल गर्नुपर्ने कर्म हो उनको । त्यही कोलाहलपूर्ण कर्मबाट एकाएक विच्छेद भएर जब उनी घना जङ्गलको माझमा पुगे, जब अध्यात्मको सान्निध्यमा पुगे, तब हलचल भइरहने उनको मन स्थिर भयो सायद ।

दुनियाँसँग लिनुदिनु नहुँदा मन कति आनन्दित हुन्छ ? उनले महसुस गरे सायद । सबै झमेलाबाट उम्किएर आफ्नै मर्जीले सास फेर्दा कति मज्जा आउँछ ? उनले अनुभूति गरे सायद ।

त्यही भएर त लेखे, ‘जीवन र जिन्दगीभन्दा केही पर ।’

भनिरहनु परेन, थुप्रै नेता-अभिनेता बेलाबखत यसरी नै सतरङ्गी दुनियाँबाट शान्ति खोज्दै प्रकृतिको नजिक पुग्ने गर्छन् । सायद, यसपालि ज्ञानेन्द्र शाहीलाई दसैँको धपेडी छाडेर एकान्तमा विचरण गर्ने मन भयो । अन्ततः उनी पुगे, ओशो तपोवन ।

यद्यपि, उनको यो तस्बिरमा त्यति सकारात्मक टिप्पणीहरू भने छैनन् । धेरैले उनलाई गाली गरेका छन्, त्यो पनि मुखै छाडेर ।

भनिहालौँ, यसअघि खगेन्द्र सुनार र सीके राउत पनि ओशो तपोवन पुगेर आफ्ना फरक अनुभव साझा गरिरहेका हुन्थे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि ...

#ज्ञानेन्द्र #शाही
Compare →
Nagarik News
3d ago
सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

#ज्ञानेन्द्र #शाही
Compare →
Ekantipur
5d ago
६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

पर्यटक आगमन बढेपछि स्थानीय होटल र होमस्टे व्यवसायी उत्साहित भएका छन् भने धेरैले कोरी तथा कपुचेको पदयात्रा रोजेका छन्।

#पुगे
Compare →

Related Stories

Politics & Governance
Build #2611