Trending
Prev Story
Next Story

तीन दिन वर्षा र हिमपातको जोखिम, सतर्क रहन रामेछाप प्रशासनको आग्रह

Ekantipur •
October 27, 2026 • 02:30 AM
1
1 reads 0 reactions

सम्भावित वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

तीन दिन वर्षा र हिमपातको जोखिम, सतर्क रहन रामेछाप प्रशासनको आग्रह

सम्भावित वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

रामेछाप — सम्भावित वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान अनुसार कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेकाले भन्दै प्रशासनले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने र पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हिमपात हुने सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पनि मौसमको अवस्था बुझेर आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, विषयगत कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा विभिन्न संघसंस्थालाई आ–आफ्नो क्षेत्रबाट पूर्व तयारी, सूचना प्रवाह, सहयोग र समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते बिहान जारी गरेको बुलेटिनअनुसार उक्त अवधिमा बागमती प्रदेशलगायत देशका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

सम्भावित खराब मौसमका कारण जिल्लाको दैनिक जनजीवनसँगै कृषि गतिविधि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ । विशेष गरी पाकेको अन्नबाली भित्र्याउने समयमा वर्षा हुन सक्ने भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
12h ago
आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना ५ मिनेट अघि काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी आइतबार (कात्तिक २९) देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौ...

#वर्षा #हिमपात
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #हिमपात
Compare →
Bizshala
7h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #हिमपात
Compare →
Nagarik News
1d ago
कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।

#वर्षा
Compare →
Arthasansar
2d ago
पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी...

#वर्षा #हिमपात
Compare →

Related Stories

Technology
Build #2611