Trending
Prev Story
Next Story

गुवाहाटीको होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु

Ekantipur •
October 27, 2026 • 02:30 AM
1
1 reads 0 reactions

होटलका मालिक र लिजमा लिएर होटल सञ्चालन गर्ने व्यक्तिबीचको विवादका क्रममा घटना भएको हो ।

गुवाहाटीको होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु

होटलका मालिक र लिजमा लिएर होटल सञ्चालन गर्ने व्यक्तिबीचको विवादका क्रममा घटना भएको हो ।

गुवाहाटी — भारतको असमस्थित गुवाहाटीको एक होटलमा सोमबार राति गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ । होटलका मालिक र लिजमा लिएर होटल सञ्चालन गर्ने व्यक्तिबीचको विवादका क्रममा घटना भएको हो ।

प्रहरीका अनुसार राति करिब ९ बजे जीएस रोडस्थित बोरा सर्भिसको अगाडि रहेको होटल बिलास इनमा गोली चलेको थियो । उक्त स्थान असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा छ ।

प्रहरी कमिस्नर पार्थ सारथी महन्तले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार घटनामा छ जनालाई गोली लागेको थियो । तीमध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी कमिस्नर महन्तका अनुसार घटनामा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने आक्रमणकारीसमेत मृत फेला परेका छन्। अमे...

#गोली #मृत्यु #जनाको
Compare →
Onlinekhabar
8h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Nagarik News
8h ago
अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

#होटल
Compare →
Bizshala
13h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#होटल
Compare →
Arthasansar
14h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#होटल
Compare →

Related Stories

World News
Build #2611