Trending
Prev Story
Next Story

आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न, नगद लाभांश प्रस्ताव पारित

Arthasansar •
October 16, 2026 • 11:10 AM
1
1 reads 0 reactions

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ...

आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न, नगद लाभांश प्रस्ताव पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारस्थित सभाहलमा सम्पन्न साधारण सभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफलपछि सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ । साथै, कम्पनीका नवनियुक्त सञ्चालकहरूको नियुक्ति पनि अनुमोदन गरिएको छ ।

सभामा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत निम्बल श्रेष्ठले बैंकको शतप्रतिशत सेयर प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल उपस्थित थिए ।

सभामा कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रतिनिधि, बाह्य लेखापरीक्षक तथा आरविवि म्युचुअल फण्ड १ र २ का लेखापरीक्षकहरूको पनि उपस्थिति थियो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२\८३ मा आरविवि म्युचुअल फण्ड १ ले २.७५ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले ६ प्रतिशत नगद लाभांश वितरण गरेका छन् । सोही अवधिमा आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार (२०८३ कात्तिक २० गते) काठमाडौंको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक...

#सभा #सम्पन्न #नगद
Compare →
Bizshala
1w ago
मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको थापागाउँस्थित थापागाउँ...

#लाभांश #साधारणसभा #सम्पन्न
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #सभा
Compare →
Onlinekhabar
17h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2612