कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ । नामसँगै दाम पनि प्राप्त हुन्छ । यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई । जिल्लामा उहाँले नमुना किसानको पहिचान बनाउनुभएको छ । बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गर्नुभएको छ ।
सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन् । चार वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेका छन् । फार्ममा ३०० बिजु र ३०० कलमी बिरुवा रोपिएका छन् । कलमी बिरुवाले गत वर्षदेखि उत्पादन दिन थालेका थिए । गत वर्ष ५० किलोग्राम कागती बिक्री भएको फार्ममा यस वर्ष उत्पादन बढ्ने सापकोटाको अपेक्षा छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )