Trending
Prev Story
Next Story

मिनी संसदमा विधेयकको चाप

Hamro Patro News •
October 26, 2026 • 11:50 PM
1
1 reads 0 reactions

सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा विधायिकी कार्यको चाप हुँदा राष्ट्रिय सभा भने...

मिनी संसदमा विधेयकको चाप

सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा विधायिकी कार्यको चाप हुँदा राष्ट्रिय सभा भने करिब बिजनेसविहीन छ । प्रतिनिधि सभाका नौ समितिमा २४ वटा विधेयक विचाराधीन छन् । सार्वजनिक लेखा समितिबाहेकका अन्य विषयगत समितिमा विधेयकको दफावार छलफल हुने गर्छ । दोस्रो अधिवेशन अन्त्यका दिन गत असोज १६ गते मात्र प्रतिनिधि सभाले आठ वटा विधेयक सम्बन्धित समितिमा पठाएको थियो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका समितिहरूमा न्यूनतम एकदेखि कुनैमा पाँच वटासम्म विधेयक दफावार छलफलका क्रममा रहेको बताउनुभयो । प्रवक्ता गिरीका अनुसार केही विधेयक अघिल्लो अधिवेशनबाटै निरन्तर छलफलमा छन् । समितिमा पठाइएकामध्ये दुई विधेयकको प्रतिवेदन समितिले तयार पारेर सभामा पेस गर्ने चरणमा पुर्‍याएका छन् । हिउँदे अधिवेशनको सुरुवातमै संवैधानिक निकायमा पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी विधेयकको प्रतिवेदन र नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयकको प्रतिवेदन पेस हुने चरणमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ ।  प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ? कसले चलाउदै छ ? भन्ने प्रश्न उठेको हो । नेपाली …

#प्रतिनिधि-सभा #समितिमा #संसद
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक #संसद
Compare →
Ekantipur
1w ago
कर्णाली मन्त्रिपरिषद् : निवृत्तिभरण कोष र खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति

कर्णाली मन्त्रिपरिषद् : निवृत्तिभरण कोष र खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति

बैठकले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ तथा कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ पनि स्वीकृत गरेको प्रवक्ता खड्काले जानकारी दिइन्।

#विधेयक
Compare →
Nagarik News
1w ago
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।

#विधेयक
Compare →

Related Stories

Politics & Governance
Build #2612