कोहलपुर नगरपालिका–११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल बस्नेत यतिबेला पान खेतीमा व्यस्त हुनुहुन्छ । उहाँले पाँच वर्षअघि एउटा मीठा पानको बिरुवा रोपेर खेती सुरु गर्नुभएको थियो । अहिले उहाँको घरमा पानको लहरा करिब तीन धुर क्षेत्रफलमा फैलिएको छ । सामान्य हेरचाह, कम्पोस्ट मल र पानीको प्रयोगबाट पात उत्पादन भइरहेको उहाँले बताउनुभयो ।
पानको बिरुवालाई चिस्यानयुक्त र ओसिलो वातावरण आवश्यकपर्ने भएकाले उपयुक्त स्थान र खेती व्यवस्थापन गर्नसके बाँकेको हावापानी तथा भौगोलिक अवस्थाले उत्पादनमा बढावा दिनसक्ने उहाँको अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )