बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा रोकिएकाहरूलाई उद्धार गरिएको हो ।
घाइते पशुपन्छीको उद्धार, उपचार, मरेका पशुपन्छीको विसर्जन र जैविक सुरक्षाको प्रबन्ध गर्न प्राविधिकसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
बाढीपहिरोपछि आएको हावाहुरीले २४५ घरका छाना उडाउँदा पाण्डवखानीका बासिन्दा तत्काल राहत, विद्युत् र सहज सडकको प्रतीक्षामा छन्।
कुटो, कोदालो र गैँती बोकेका स्थानीयले काठको भर्याङ, डोरी तथा ढुंगा प्रयोग गरी जोखिमपूर्ण भीरमा पैदलमार्ग बनाइरहेका छन्।
बेलायतस्थित तमु प्ये ल्हु संघका सदस्य, तमु प्ये ल्हु संघ आमा समूह, ग्लोस्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदाय समेतबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको तमु प्ये ल्हु संघ यूकेले जनाएको छ ।
गाउँलेहरू कुटो, कोदालो र गैँती लिएर गाउँ जाने पैदल बाटो निर्माणमा कस्सिएका छन् ।
मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का सूचना अधिकारी भुवन ओझाका अनुसार बाढीअघि नै मनास्लु संरक्षण क्षेत्रको प्रवेश अनुमति लिएका पर्यटकले सोही अनुमतिका आधारमा अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न पाउनेछन् ।
पालुङटार नगरपालिका र लिगलिकोट विकास अभियानले छुट्टाछुट्टै लिगलिगे दौडको आयोजना गरेपछि प्रशासनले सुरक्षा चुनौती देखाउँदै दौड रोक्न निर्देशन दिएको छ
विस्थापितका लागि रेडक्रसले टेन्ट निर्माण गरिदिएको हो ।
गोरखाको घ्याल्चोक र धादिङको चरौदी जोड्ने पुल सञ्चालनमा आएपछि स्थानीयलाई पृथ्वीराजमार्गसम्म आवतजावत गर्न सहज भएको छ।
कृषि उपज बिक्री गर्ने किसानलाई पाँच प्रतिशत र पशुपन्छी बेच्नेलाई तीन प्रतिशत प्रोत्साहनसँगै बिक्री नभए समर्थन मूल्यको व्यवस्था गरिएको छ।
दुई सातापछि सोमबारबाट सडक खुलेसँगै बागलुङ बजारमा सवारीसाधन, ग्रामीण क्षेत्रका ग्राहक र व्यापारिक गतिविधि फर्किएको छ।
असोज ९ र १० गतेको बाढीले अवरुद्ध पारेको माथिल्लो मनाङतर्फको सडक तीन सातापछि मंगलबार साँझदेखि सञ्चालनमा आएको छ ।
३ दिनमा धार्चे र चुमनुब्री क्षेत्रबाट ६०३ जनाको उद्धार गरिएको छ ।
आइतबारको बाढीबाट प्रभावित परिवारलाई गाउँपालिकाले एक थान ब्लाङ्केट र एक सेट लगाउने कपडा उपलब्ध गराएको छ।
छेपारे भिर र सोतिको सडकमा बुढीगण्डकीले बगाएर ल्याएको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।
धार्चे–३ को डम्पिङ साइटनजिक खोर्लाबेंसी–तातोपानीबीच करिब एक सय मिटर सडक बगेपछि चुमनुब्री गाउँपालिका सडक सञ्जालबाट अलगिएको छ।
ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय पहिचान बोकेको प्रतियोगितामा खेलाडी, संघसंस्था तथा सरोकारवालाको सक्रिय सहभागिता बढाउने उद्देश्यले बिदा दिइएको हो।
बुढीगण्डकीको बाढीले गोरखातर्फको २२ मिटर पुल बगाएपछि हेटौंडाबाट सामग्री ल्याएर नेपाली सेना र सडक योजनाले काम अघि बढाउँदैछन्।
चुमनुब्रीको ड्याङमा काम गर्ने ३५ वर्षीय गुरुङ शनिबार न्याकफेदी नजिकैको निगालो घारीमा बास बसेका थिए ।
सोमबार साँझ करिब ५ : ४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा पछाडि सरेर सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।
डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक पृथ्वीराजमार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
बुढीगण्डकीमा आएको बाढीले घरमा क्षति पुर्याएपछि र फेरि बाढी आउने डरले नदी किनारका बासिन्दा घर छाडेर सुरक्षित ठाउँमा बसेका छन् भने बाटो अवरुद्ध हुँदा जगत र सल्लेरी क्षेत्रमा दुई सयभन्दा बढी पर्यटक, मजदुर र कर्मचारी रोकिएका छन् ।
बाढी र पहिरोले लार्के सडकका दर्जनभन्दा बढी स्थानमा क्षति पुर्याएपछि उत्तरी गोरखामा यातायात तथा पैदल आवागमन अवरुद्ध भएको छ।
कालीगण्डकीको बाढीले अवरुद्ध बनेको मार्ग खुलेपछि दसैंमा घर फर्किने यात्रु तथा स्थानीयलाई आवागमन सहज भएको छ।
पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
आइतबार साँझ उनीहरूको उद्धार गरिएको चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए ।
दसैंअघि अस्थायी ट्रयाक खोल्ने तयारी भए पनि पहरा, खोला र ठूला ढुंगाका कारण पुनर्निर्माण चुनौतीपूर्ण बनेको छ।
बाढीले असोज ११ गते बगाएको पुलको पूर्वी खण्ड नबन्दा पर्यटक, तीर्थालु, घर फर्कने यात्रु र दैनिक उपभोग्य सामग्रीको आपूर्ति प्रभावित भएको छ।