काठमाडौं । स्मार्टफोन हातबाट खस्दा स्क्रिन चर्किनु वा फुट्नु सामान्यजस्तै बनेको छ । कतिपय प्रयोगकर्ताले सामान्य चिरा परेको भन्दै मर्मत गर्न चासो दिँदैनन् भने केहीले स्क्रिनका टुक्रा झर्ने अवस्थासम्म पनि फोन चलाइरहेका हुन्छन् । तर फुटेको स्क्रिनलाई सामान्य समस्या ठानेर लामो समयसम्म बेवास्ता गर्दा फोनको कार्यक्षमतामा असर पर्नुका साथै प्रयोगकर्ताले विभिन्न जोखिमसमेत सामना गर्नुपर्ने हुन सक्छ ।
पहिलेका नोकियाजस्ता फिचर फोन आफ्नो मजबुतीका लागि परिचित थिए । अहिलेका स्मार्टफोनमा ठूलो टचस्क्रिन र संवेदनशील इलेक्ट्रोनिक उपकरण प्रयोग हुने भएकाले सामान्य झट्काले पनि क्षति पुर्याउन सक्छ । स्क्रिन फुटेपछि फोन चलिरहेकै छ भन्दैमा त्यसलाई सुरक्षित मान्न भने सकिँदैन । फुटेको स्क्रिन भएको स्मार्टफोन प्रयोग गर्दा ध्यान दिनुपर्ने प्रमुख जोखिम यस्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ictsamachar.com )