गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयूभीप्रति थप चासो बढेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइ बन्न थालेको कम्पनीले दाबी गरेको छ ।
गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयूभीप्रति थप चासो बढेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘आफ्नो प्रतिभा, शैली र विशिष्ट पहिचानमार्फत दर्शकको मन जितेका यी सेलेब्रिटीको छनोटले नयाँ ब्रान्डप्रतिको विश्वासलाई बल दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूको रोजाइले चांगान नेभो क्यू०५ को ‘ए क्लास अबभ’ अर्थात् ‘आफ्नो श्रेणीभन्दा एक कदम माथि’ भन्ने नारालाई परिचित अनुहार र वास्तविक प्रयोगसँग जोडेको छ ।’
यस गाडीको डिजाइन चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्वडिजाइन प्रमुख क्लाउस जिकोराको नेतृत्वमा विकास गरिएको कम्पनीको दाबी छ । सन्तुलित बनावट, ‘डिजिटल विङ २.०’ लाइटिङ र आंशिक रूपमा लुकाइएका ढोकाका ह्यान्डलले गाडीलाई विशिष्ट रूप दिएको कम्पनीले जनाएको छ ।