Trending
Prev Story
Next Story

सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा

Bizshala •
October 26, 2026 • 02:01 PM
1
1 reads 0 reactions

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर...

सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाअन्तर्गत ग्राहकले आफ्नो सेयर धितो राखी बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्।

बैंकका अनुसार ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप BankSmart XP मार्फत सेयर धितो कर्जाका लागि सहज रूपमा अनलाइन आवेदन दिन सक्नेछन्। एपमा Easy Loan > Loan Services > Loan Against Share विकल्पमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

ग्राहकले धितो राख्ने सेयरको कुल मूल्याङ्कनका आधारमा अधिकतम ७० प्रतिशतसम्म सेयर धितो कर्जा लिन सक्ने बैंकले जनाएको छ।

बैंकले यस सुविधाबाट ग्राहकले आफ्नो व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास लिएको छ।

छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।

यस सेवाबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिनेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
भिजिट भिसा आवेदन सहज बनाउँदै दुबई सरकार

भिजिट भिसा आवेदन सहज बनाउँदै दुबई सरकार

संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सरकारले पर्यटक (भिजिट) भिसा आवेदन प्रक्रियालाई सहज बनाउन नयाँ डिजिटल सेवा ल्याउने भएको छ। अब दुबई घुम्न जाने विदेशी नागरिकले भिजिट दुबईको आधिकारिक वेबसाइटबाटै प...

#आवेदन #सहज
Compare →
Onlinekhabar
1w ago
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा …

#कर्जा
Compare →
Arthasansar
1w ago
विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको...

#कर्जा
Compare →
Nagarik News
1w ago
दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।

#आवेदन
Compare →

Related Stories

Business & Economy
Build #2611