Trending
Prev Story
Next Story

लुम्बिनी लायन्सको उपाधि अभियान सुरु, सुदूरपश्चिममाथि प्रभावशाली विजय

Ekantipur •
October 26, 2026 • 02:00 PM
1
1 reads 0 reactions

तेस्रो सिजनको पहिलो दिनको खेलमा लुम्बिनीले सोमबार सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो ।

लुम्बिनी लायन्सको उपाधि अभियान सुरु, सुदूरपश्चिममाथि प्रभावशाली विजय

तेस्रो सिजनको पहिलो दिनको खेलमा लुम्बिनीले सोमबार सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो ।

काठमाडौँ — किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ तथा डी’आरसी शट र आसिफ शेखले आक्रामक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि बचाउ अभियान सानदार ढंगमा गरेको छ ।

तेस्रो सिजनको पहिलो दिनको खेलमा लुम्बिनीले सोमबार सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो । लुम्बिनीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ९.५ ओभरमै पूरा गर्‍यो । गत वर्ष पनि लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

डी’आरसी १८ बलमा ४० रन बनाई आउट भए । डी’आरसीले इनिङ्सको पहिलो बलमै कुग्लेनलाई डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका थिए । उनले कुल ४ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुर बोल्ट्सबाट यसअघि दुई सिजन खेलेका आसिफले ३२ रन बनाए । उनले २५ बल खेली समान २ चौका र छक्का प्रहार गरे । आसिफ शेखले स्कट कुग्लेनले एकै ओभरमा २ छक्का र १ चौका प्रहार गरेपछि लुम्बिनीले ५ ओभरमै ५० रन पार गरेको थियो । टोलीले ६ ओभरको पावर प्लेमा कुल ७० रन जोडेको थियो ।

सातौं ओभरको दोस्रो बलमा अस्ट्रेलियन ब्याटर डी’आरसी आउट भएपछि यो साझेदारी टुटेको थियो । आफ्नो पहिलो ओभर लिएर आएका देब्रेहाते स्पिनर अनिल खरेलले उनलाई रदरफोर्डबाट क्याच गराए । आसिफलाई पनि अनिलले नै आउट गरे ।

निरोशन डिकवेलालाई कप्तान दीपेन्द्रसिंह ऐरीले ७ रनमा बोल्ड गरे । बंगलादेशी ब्याटर समिम हुसैन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे । रोहितले नै दीपेन्द्रलाई विजयी चौका प्रहार गरेका थिए ।

यसअघि किशोर र शेरले एकआपसमा ७ विकेट लिएपछि च्याम्पियन लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको छ । किशोरले ४ र शेरले ३ विकेट लिएपछि लुम्बिनीले पहिलो दिनको खेलमा सुदूरपश्चिमलाई केवल ८७ रनमै अलआउट गरेको थियो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भएको थियो । दाहिने हाते तीव्र बलर किशोरले ४ ओभरमा २८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । गत सिजन १७ विकेट लिएर सनसनी बलिङ गरेका अफ स्पिनर शेरले ४ ओभरमा ११ रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।

पावर प्लेको ६ ओभरमा शीर्ष ४ विकेट गुमाएपछि सुदूरपश्चिम फेरि माथि उठ्न सकेन । शेरले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरे भने किशोरले आरिफ शेखलाई शून्य र ब्रान्डन म्यामलेनलाई २ रनमा आउट गरी एकै ओभरमा दुई सफलता पाए ।

सुदूरपश्चिमको टोलीमा फर्किएका सैफ जैब पनि १४ बलमा २ चौका प्रहार गरी १३ रन बनाई छैटौं ओभरमा अमेरिकी बलर स्याडली भान साकवाईबाट आउट भए । तिलक भण्डारीले इशान पाण्डेलाई ७ रनमा आउट गरी नवौं ओभरमा लुम्बिनीलाई पाँचौं सफलता दिलाए ।

शेरले सेरफेन रदरफोर्डलाई १ र स्कट कुग्लेनलाई शून्यमा आउट गरे । किशोरले लगातार बलमा कप्तान दीपेन्द्र र हेमन्त धामीलाई बोल्ड गरी ह्याट्रिक नजिक पुगे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक २७ रन बनाउने क्रममा २३ बल खेली २ चौका प्रहार गरे । हेमन्तले खाता खोल्न भ्याएनन् । रोहितले अविनाश बोहरालाई बोल्ड गरे । अनिल खरेल १५ रनमा अविजित रहे ।

गत दुई सिजन नै फाइनलमा पराजित सुदूरपश्चिमले यसपटक कमजोर सुरुआत गरेको हो । अघिल्ला दुई सिजनमा सुदूरपश्चिमले लिग चरणमा १–१ खेलमा मात्र पराजित भएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। कर्णालीले प्रस्तुत गरेको १०६ रनक...

#लुम्बिनी #विकेट #लायन्स
Compare →
Onlinekhabar
1d ago
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

#लुम्बिनी #उपाधि
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ।

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2611