Trending
Prev Story
Next Story

भक्तपुरका बाटोबाटोमा धान

Nagarik News •
October 26, 2026 • 12:36 PM
1
1 reads 0 reactions

आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ।

भक्तपुरका बाटोबाटोमा धान

हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको। दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ।

आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ।

धान काटेर भित्र्याएउने समय सुरु भएसँगै भक्तपुरका किसानलाई धान सुकाउने, केलाउने र भण्डारण गर्न यतिखेर भने चटारो छ। विशेषगरी दसैँ तिहारको समयमा भक्तपुरका विभिन्न टोलका सडक तथा खुला ठाउँमा धान सुकाइरहेको देख्न सकिन्छ।

सडकमा सुकाएको धानले यहाँको कृषि परम्परा, स्थानीय जीवनशैली र संस्कृतिलाई झल्काउँछ। भक्तपुरमा धान सुकाउँदै गर्नुभएकी मनिषा मचामसीका अनुसार दसैँ तिहारको समय बाटोमा धान सुकाउने दृश्य यहाँका लागि नयाँ नभएको बताए।

पहिले भक्तपुरका अधिकांश घरमा झिँगटीको छाना हुने भएकाले घरको कौसीमा धान सुकाउन सम्भव नभएको उनले बताए। त्यसैले किसानले सडक, घर अगाडिको खुला ठाउँ तथा उपलब्ध खाली स्थानमा धान सुकाउने गरेको उनले बताए।

‘झिँगटीको छाना हुने भएकाले सबैले खुला ठाउँमै धान सुकाउने गर्थे’, उनले भने, ‘अहिले ढलान गरेका घर बनेका, कौशी भएका घरमा कतिपयले त्यहीँ धान सुकाउने गरेका छन्।’

भक्तपुरको परम्परागत बस्तीमा घरहरू एकअर्कासँग जोडिएका र खुला ठाउँ सीमित रहेकाले सडक नै धान सुकाउने महत्त्वपूर्ण स्थानका रूपमा प्रयोग हुँदै आएको छ।

घाम लागेका बेला धान फिँजाएर सुकाउने र घाम अस्ताउन थालेपछि उठाएर सुरक्षित राख्ने चलन अझै कायम छ। स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले सडकमा धान सुकाउनसमेत पालो कुर्नुपर्ने अवस्था थियो। घरमा उत्पादन भएको धान सुकाउनका लागि उपयुक्त खुला ठाउँ पाउनु सजिलो थिएन।

धान चोरी हुने डरले राति धानको थुप्रो कुरेर बस्नुपर्ने अवस्था रहेको उनले बताए। ‘राति धान चोरी होला भन्ने डर हुन्थ्यो। त्यसैले राति धानको थुप्रोसँगै सुत्ने गरेका छौँ,’ उनले भने। अहिले भने धान उत्पादन र सुकाउनुपर्ने परिमाण घट्दै गएको छ।

सडक आसपासमा सिसी क्यामेरा जडान हुन थालेकाले धान कुरेर रात बिताउनुपर्ने अवस्था कम भएको छ। धान सुकाउने तरिका समयसँगै परिवर्तन भएको छ। पहिले सडकमा धान सुकाउनुअघि रातोमाटोले लिप्ने चलन थियो।

सडकको सतह सफा गरी रातोमाटोले लिपेर त्यसैमाथि धान फिँजाउने गरिन्थ्यो। अहिले भने धान सफा राख्न बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याएर सुकाउने चलन बढेको छ।

सडकमा धान सुकाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा भने असहज हुने गरेको छ। रासस

प्रकाशित: ९ कार्तिक २०८३ १८:२१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम...

#भक्तपुर
Compare →
Ekantipur
11h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#भक्तपुर
Compare →

Related Stories

Technology
Build #2612