Trending
Prev Story
Next Story

पाल्पाका विभिन्न देवी मन्दिरहरूमा सराय तथा तरवार नाच

Hamro Patro News •
October 26, 2026 • 11:45 AM
1
1 reads 0 reactions

तानसेन : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन पाल्पाका कोतघर र देवी मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नचाउँदै सराय नाच निकालिएको छ। यस वर्षको विजयादशमीको पूर्णिमा तिथि दुई दिन परेकाले आज ...

पाल्पाका विभिन्न देवी मन्दिरहरूमा सराय तथा तरवार नाच

तानसेन : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन पाल्पाका कोतघर र देवी मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नचाउँदै सराय नाच निकालिएको छ। यस वर्षको विजयादशमीको पूर्णिमा तिथि दुई दिन परेकाले आज अन्तिम दिन सबै देवीका मन्दिरहरूमा पूजाआजा गरी सराय निकाली यस वर्षको दसैँलाई बिदा गरिएको छ।

देवी भगवती दुर्गाले राक्षस तथा असुरहरूलाई तरवारको प्रयोग गरी वध गरेर विजय प्राप्त गरेको सम्झनास्वरूप पाल्पाका गाउँगाउँमा रहेका मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नाच देखाइएको हो। बडादसैँको अवसरमा देवी भगवती मन्दिरहरूमा खेलिने तरवार नाच निकै प्रचलित हुँदै आए तापनि नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ। पाल्पाका प्रत्येक देवी तथा भगवती मन्दिरहरूमा निकालिने सराय नाच तानसेनको लिपिन्देवी मन्दिर, बौघागुम्बा, र छहराको कटौजेपानी लगायतका मन्दिरहरूमा प्रदर्शन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह

पाकेको धान भित्र्याउने तयारीमा रहेका किसानलाई प्रशासनले कात्तिक १२ गतेभित्र वा १५ गतेपछि कृषि काम गर्न अनुरोध गरेको छ।

#पाल्पा
Compare →
Nagarik News
2w ago
पाल्पाको ‘रानीमहल’ क्षेत्र बगरमा परिणत

पाल्पाको ‘रानीमहल’ क्षेत्र बगरमा परिणत

विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ।

#पाल्पा
Compare →
Arthasansar
2w ago
आज बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

आज बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

#देवी
Compare →
Onlinekhabar
1w ago
तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन …

#पाल्पा
Compare →

Related Stories

Technology
Build #2612