Trending
Prev Story
Next Story

एनपीएल : लुम्बिनीले टस जितेपछि सुदूरपश्चिम ब्याटिङमा

Ekantipur •
October 26, 2026 • 11:30 AM
1
1 reads 0 reactions

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन् ।

एनपीएल : लुम्बिनीले टस जितेपछि सुदूरपश्चिम ब्याटिङमा

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन् ।

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पहिलो दिन सोमबारको खेलमा सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन् ।

गत सिजनमा यी दुई टोली नै फाइनल खेलेका थिए, जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गरेको थियो । तर उक्त फाइनलमा उत्कृष्ट ब्याटिङ गरेका ओपनर दीनेश अधिकारी लुम्बिनीको टोलीमा रहेका छैनन् ।

जनकपुर बोल्ट्सबाट आएका आसिफ शेखले डी’आरसी शटले लुम्बिनीको ओपनिङ ब्याटिङको रुपमा आउने छन् । जनकपुरबाटै आएका तीब्र बलर किशोर महतो पनि प्लेयिङमा खेलिरहेका छन् । a

गत सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका नामिबियाका तीब्र बलर रुबेन ट्रम्पलमन आजको खेलमा रहेका छैनन् । उनी हाल राष्ट्रिय टोलीबाट आयरल्यान्डस‘गको शृंखलामा खेलिरहेका छन् ।

लुम्बिनीबाट विदेशी खेलाडीमा डी’आरसी, निरोशान डिकवेला, समिम हुसैन र स्याड्ली भान साकवाइक खेलिरहेका छन् ।

त्यस्तै सुदूरपश्चिमले अघिल्लो सिजनको टोलीबाट परिवर्तन खेलाडीमा देव्रेहाते स्पिनर अनिल खरेललाई खेलाइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
पावरप्लेमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमा

पावरप्लेमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको २४ औं खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमाा परेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स...

#एनपीएल #सुदूरपश्चिम #ब्याटिङ
Compare →
Nagarik News
11h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #ब्याटिङ
Compare →
Arthasansar
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
13h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612