Trending
Prev Story
Next Story

लागुऔषधसहित नौ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, विराटनगर। प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी …

लागुऔषधसहित नौ जना पक्राउ

९ कात्तिक, विराटनगर। प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इटहरी उपमहानगरापलिका–१३ ओम शान्ति भवनस्थित प्रदेश १–०२–००५ ह ६४८० नं को सिटी रिक्सालाई जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा चालक हरिनगर गाँउपालिका–७ का १८ वर्षीय अब्दुल खान, सवार १८ वर्षीय मोतिम आलम र को ३६ प ६२४३ नं को मोटरसाइकल चालक हरिनगरा गाउँपालिका–७ का १८ वर्षीय सोजिप खानलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाबाट ट्रामाडोल–छ हजार ९८० क्यापसुल, स्पास्मो–सात हजार क्यापसुल र हाइड्रोब्रोमाइन–दुई बोतल प्रतिबन्धित औषधि बरामत गरिएको छ । प्रहरीले बराह क्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, ३२ वर्षीय तुलसी खड्का र इटहरी–९ का ३२ वर्षीय मुकेश भुजेललाई तीन ग्राम ३० मिलिग्राम ब्राउन सुगर, प्रहरी चौकी भरोलले बराह क्षेत्र–५ का ४० वर्षीय रामकुमार चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलटार उदयपुरले त्रियुगा नगरपालिका–१० का २६ वर्षीय मनोज मग्राङ्तीलाई स्पास्मो–२८८ क्यापसुल र निट्राजेपाम–३०० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २५ वर्षीय बविस भण्डारीलाई तीन ग्राम एक मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइ रहेको थापाले जानकारी दिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाक...

#कात्तिक #विराटनगर
Compare →
Nagarik News
1d ago
लागुऔषधसहित पाँच पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ।

#लागुऔषधसहित
Compare →

Related Stories

National (Nepal)
Build #2612