Trending
Prev Story
Next Story

सल्यानको त्रिवेणीमा शंकास्पद वस्तु फेला

Hamro Patro News •
October 26, 2026 • 10:10 AM
1
1 reads 0 reactions

सल्यानको त्रिवेणी गाउँपालिकामा एक थान सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिमखोलास्थित रिठाबोट टोल नजिकै झाडीमा सकेट बम फेला परेको बताइएको छ । सो खबर प्राप्त...

सल्यानको त्रिवेणीमा शंकास्पद वस्तु फेला

सल्यानको त्रिवेणी गाउँपालिकामा एक थान सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिमखोलास्थित रिठाबोट टोल नजिकै झाडीमा सकेट बम फेला परेको बताइएको छ । सो खबर प्राप्त हुने बित्तिकै नेपाली सेना र प्रहरीको टोली त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बस्तीभन्दा माथी एक थान सकेट बम जस्तो देखिने वस्तु फेला परेको जानकारी आएको छ, सेना र हाम्रो टोली त्यहाँ पुगिसकेको छ । बम नै हो या अरु कुनै बस्तु हो भनेर सेनाले भेरिफाइ गर्दैछ ।”

स्थानीयवासीले घाँस काट्ने क्रममा बाँसको झ्याङनजिकै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको बस्तु बम भए, नभएको यकिन गर्ने र बम नै भएमा सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गर्ने तयारी भइरहेको डीएसपी पातलीले जानकारी दिनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।

#फेला #परे
Compare →
Onlinekhabar
17h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#फेला #परे
Compare →
Nagarik News
1w ago
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।

#फेला #परे
Compare →

Related Stories

Technology
Build #2612