Trending
Prev Story
Next Story

सुदूरपश्चिम बजेट: पास पनि गर्ने, छानबिन पनि गर्ने

Nagarik News •
October 13, 2026 • 06:20:05 PM
1
1 reads 0 reactions

कर्मचारीले तलव पनि खान नपाएको, अस्पतालमा औषधी समेत नभएको बिषम परिस्थिती रहेको भन्दै आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आईतवार प्रस्तुत गरेको बजेट प्रदेश शभा बैठकबाट पारित गरिएको छ। तर बजेटका कमजोरी सुधारेर पुरक बजेट ल्याउने निर्णय गरिएको छ।

सुदूरपश्चिम बजेट: पास पनि गर्ने, छानबिन पनि गर्ने

कर्मचारीले तलब खान नपाएको र अस्पतालहरूमा औषधिसमेत अभाव भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सभाबाट बजेट पारित भएको छ।

आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आइतबार प्रस्तुत गरेको बजेट पारित भए पनि यसका कमजोरीहरू सच्याएर पूरक बजेट ल्याउने निर्णय गरिएको छ।

बिचौलियामार्फत कमिसनका आधारमा योजना बेचबिखन भएको भन्दै सत्तापक्षकै सांसदहरूले चर्को विरोध गरेपछि बजेटमाथि अध्ययन गर्न ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको हो।

सोही संसदीय समितिले बुझाउने प्रतिवेदनका आधारमा प्रदेश सरकारले पूरक बजेट ल्याउने भएको छ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरू बजेटको विरोध गर्दै अनुपस्थित रहे। यस्तै, बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै केही सांसदसमेत बैठकमा उपस्थित भएनन्।

सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठकमा बजेटका विषयमा अध्ययन गरी आगामी कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित ७ सदस्यीय सर्वदलीय संसदीय समिति गठन गरिने र त्यसकै आधारमा पूरक बजेट ल्याइने निर्णय सुनाएका थिए।

बिचौलियाको प्रभावमा बनेको बजेटलाई यथास्थितिमा पारित गर्न नसकिने भन्दै सत्तापक्षकै सांसदहरूले अडान लिएपछि छानबिन गर्ने र पूरक बजेट ल्याउने सर्तमा बजेट पारित गरिएको सत्तापक्ष नेकपाका एक प्रदेश सभा सदस्यले बताए।

कमिसनका आधारमा बजेट विनियोजन भएको भन्दै सत्तापक्षीय सांसदहरूले चर्को असन्तुष्टि जनाइरहेका बेला स्वयं प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले समेत संसद्‍बाटै योजनाहरूको छानबिन गर्न माग गरेका छन्।

मंगलबार साँझ प्रदेश सभा बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मल्लले बजेटमा कमजोरी रहेको स्वीकारे। तर, त्यसको दोष आफ्नो मात्र नभएको भन्दै उनले स्पष्टीकरण दिए।

‘आज हामी डिलाशैनीको कुरा गर्छौं, शैल्यशिखरको कुरा गर्छौं, आज हामी कमिसनको कुरा गर्छौं,’ मन्त्री मल्लले भने, ‘आज समग्रले सिफारिस गरेका र प्रस्तावित गरेका योजनाहरूलाई अध्ययन गर्ने हो भने ती कहाँबाट कसरी डिलाशैनी र शैल्यशिखरमा परे, म त्यसको छानबिन गर्न अनुरोध गर्दछु।’

गल्ती अरूले गरेर त्यसको अपजस आर्थिक मामिला मन्त्री र मुख्यमन्त्रीलाई लगाउन खोजिएको उनको दाबी थियो।

‘आज चक्र मल्ल र खगराज भट्टको निधारमा काँक्राको बीउ देखिएकै आधारमा सबै काँक्रा ती दुईले खाएका हुन् कि भन्ने पर्न सक्छ,’ मन्त्री मल्लले भने, ‘बीउ अर्काको गालामा टाँस्दैमा त्यो काँक्रो त्यही टाँसिएको मान्छेले खाएको छ भन्ने हुँदैन।’

बजेट राम्रो बनाउन खोज्दाखोज्दै पनि थुप्रै ठाउँबाट गिद्देदृष्टि लगाइएको उनको भनाइ थियो। ‘थुप्रै व्यक्तिले आकार थप्दै जाँदा जे चिज बन्नुपर्थ्यो, त्यो नबनी अर्कै चिज बनेको रहेछ,’ उनले भने।

यसैगरी बैठकमा बोल्दै सत्तापक्ष नेकपाका सांसद नरेशबहादुर शाहीले जनताले तिरेको करबाट कमिसन खाएर बजेट बनाउँदा हात काम्छन् कि नाइँ भन्दै सरकारमाथि आक्रोश पोखेका थिए।

यसपटक पनि बिचौलियामार्फत कमिसनको खेलमा योजना बेचिएको भन्दै जनस्तरदेखि सांसदहरूसम्मले बजेटको तीव्र आलोचना गरेका छन्।

यसअघि पनि बिचौलियामार्फत योजना खरिदबिक्री भएको आरोपपछि बजेटमाथि छलफल नै नहुँदा सरकार ढलेको थियो। त्यसको साढे दुई महिनापछि बनेको नयाँ सरकारले ल्याएको बजेटसमेत सुरुमै गम्भीर विवादमा तानिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि आइतबार प्रदेश सभामा ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

प्रकाशित: २७ आश्विन २०८३ २१:४० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला …

#छानबिन
Compare →
Hamro Patro News
1d ago
१४ जनाको ज्यान लिने भीमफेदी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

१४ जनाको ज्यान लिने भीमफेदी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

• भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुबाहक विद्युतीय गाडीको दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ। • समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्न…

#छानबिन
Compare →
Arthasansar
11h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#सुदूरपश्चिम
Compare →
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#सुदूरपश्चिम
Compare →

Related Stories

National (Nepal)
Build #2612