काठमाडौँ । खगोलशास्त्रीहरूले पृथ्वीबाट १२.५ अर्ब प्रकाशवर्षभन्दा बढी टाढा रहेको एउटै ग्यालेक्सीभित्र सक्रिय रूपमा पदार्थ निलिरहेका (फिडिङ) तीन वटा ‘ सुपरम्यासिभ ब्ल्याक होल ’ फेला पारेका छन्।
‘म्याक्स प्लाङ्क इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्ट्रियल फिजिक्स’ (एमपीएई) को नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको यो खोजले ब्रह्माण्डको सुरुआती चरणमा विशाल ब्ल्याक होलहरू कसरी बढे र एकापसमा अन्तरक्रिया गरे भन्ने दुर्लभ दृश्य प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )