काठमाडौँ । मैदानमा ब्याट र बलको रोमाञ्चक भिडन्त, चौका–छक्कासँगै गुञ्जिने दर्शकहरूको हुटिङ अनि आफ्नो टोलीको जितका लागि धड्कीने हजारौँ समर्थकका मुटु । क्रिकेट केवल मैदानभित्र खेलिने खेल होइन, यो खेलाडीको सपना, समर्थकको भावना र लाखौँ क्रिकेटप्रेमीलाई एउटै उत्साहमा जोड्ने उत्सव पनि हो । यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस एन्थमले क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश र मैदानबाहिर समर्थकहरूमा छाउने क्रिकेट क्रेजलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास गरेको छ । हरेक बलसँगै बढ्ने उत्सुकता, हरेक चौका–छक्कामा उर्लिने खुसी र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई संगीतमार्फत अभिव्यक्त गर्दै यस एन्थमले क्रिकेटको माहोलमा नयाँ रौनक थप्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( news24nepal.tv )