काठमाडाैँ । युरोपेली युनियन (ईयू) ले नोभेम्बर १ देखि सङ्घबाहिरबाट आउने पार्सलमा दुई युरो ह्यान्डलिङ शुल्क लगाउने भएको छ। यो शुल्क यसअघि १५० युरोभन्दा कम मूल्यका साना पार्सलमा लागू गरिएको तीन युरो शुल्कभन्दा अतिरिक्त हुनेछ।
नयाँ व्यवस्थाअनुसार पार्सलमा रहेका सामानको प्रकारका आधारमा शुल्क लाग्नेछ। एउटै प्रकारका सामान भए दुई युरो र दुई प्रकारका सामान भए चार युरो शुल्क लाग्नेछ। शुल्क अनलाइन विक्रेता तथा मध्यस्थहरूले तिर्नुपर्ने भए पनि उनीहरूले मूल्य बढाएर उपभोक्तामाथि भार सार्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )