Trending
Prev Story
Next Story

हानिनोक्सानी कोषको रकम बाढीपीडितकै लागि खर्च हुन्छ : महेश्वर ढकाल

Ekantipur •
October 26, 2026 • 09:31 AM
1
1 reads 0 reactions

कान्तिपुरसँगको अन्तर्वार्तामा हानिनोक्सानी कोषका वैकल्पिक बोर्ड सदस्य डा. महेश्वर ढकालले हानिनोक्सानी कोषबाट नेपालले पाउने ३ अर्ब २६ करोड रुपैयाँको पृष्ठभूमि, रकम विनियोजनको आधार, खर्च गर्ने प्रक्रिया, प्रभावित क्षेत्रका प्राथमिकता र बाढीपीडितले पाउने राहतबारे चर्चा गरेका छन् ।

हानिनोक्सानी कोषको रकम बाढीपीडितकै लागि खर्च हुन्छ : महेश्वर ढकाल

कान्तिपुरसँगको अन्तर्वार्तामा हानिनोक्सानी कोषका वैकल्पिक बोर्ड सदस्य डा. महेश्वर ढकालले हानिनोक्सानी कोषबाट नेपालले पाउने ३ अर्ब २६ करोड रुपैयाँको पृष्ठभूमि, रकम विनियोजनको आधार, खर्च गर्ने प्रक्रिया, प्रभावित क्षेत्रका प्राथमिकता र बाढीपीडितले पाउने राहतबारे चर्चा गरेका छन् ।

काठमाडौँ — राष्ट्रसंघीय जलवायु परिवर्तन संरचनाअन्तर्गत हानिनोक्सानी क्षतिपूर्ति कोषले नेपालका लागि करिब ३ अर्ब २६ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । कोषले केही दिनअघि नेपाललाई सो रकम दिने निर्णय गरेको हो । कोषको निर्णयपछि नेपालले प्राप्त गर्ने रकमको परिचालनलगायत विषयमा चासो देखिएको छ । यसै सन्दर्भमा हानिनोक्सानी कोषका वैकल्पिक बोर्ड सदस्य डा. महेश्वर ढकाल सँग कान्तिपुरका श्रीकृष्ण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

नेपालले हानिनोक्सानी कोषबाट रकम पाउने पक्का भएको हो कि बाटो मात्र खुलेको हो ?

हामीले पक्का भयो भनेर नै बुझ्नुपर्छ, तर यसमा थोरै पृष्ठभूमि भन्नुपर्ने हुन्छ । हानिनोक्सानी कोष जलवायु वित्तको क्षेत्रमा स्थापित सबैभन्दा नयाँ कोष हो, जुन जलवायु विपद्मा परेका राष्ट्र र समुदायलाई तुरुन्तै सहयोग गर्न बनेको हो । नेपालले भोटेकोशी बाढीबाट भोगेको कठिन परिस्थितिमा विशेष सहयोग गर्नुपर्छ भनेर बोर्ड सदस्यबीच अनौपचारिक इमेल र ह्वाट्सएप ग्रुपमा कुरा उठ्यो । बोर्डका सदस्यहरूले नेपाललाई यस्तो बेला सहयोग गर्न नसके कोषको औचित्यमाथि नै प्रश्न उठ्ने कुरा राख्नुभयो । त्यसपछि नेपाल सरकारका दुई जना मन्त्रीले हस्ताक्षर गरेर औपचारिक अनुरोध पठाएपछि बोर्डको विशेष बैठक बसेर निर्णय गरिएको हो ।

नयाँ कार्यविधि बनाउन जाँदा धेरै समय लाग्ने भएकाले साविककै बार्बाडोस मोडालिटीअनुसार नेपालबाट छिटो प्रस्ताव मागेर स्वीकृत गर्ने निर्णय भएको छ । औपचारिक पत्र आएपछि वन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच समन्वय गरी द्रुत गतिमा प्रस्ताव पेस गरेर रकम कार्यान्वयनमा लैजानेछौँ ।

नेपाललाई रकम दिने निर्णय नितान्त भोटेकोशी बाढीपछिको परिस्थितिमा आधारित हो ?

हो, यो निर्णय नितान्त भोटेकोशीको बाढीपछि त्यसैमा केन्द्रित भएर भएको निर्णय हो । यसअघि नेपालले तीनवटा बेग्लाबेग्लै प्रस्ताव पेस गरिसकेको थियो । इलाम, काठमाडौं उपत्यका र रोशी खोला क्षेत्रको बाढीका लागि २० मिलियन डलरको पहिलो प्रस्ताव थियो । स्वास्थ्य मन्त्रालय र डब्लुएचओसँग मिलेर तराईका जिल्लाहरू (बारा, रौतहट) लक्षित जलवायु र स्वास्थ्यसम्बन्धी दोस्रो प्रस्ताव थियो भने एफएओमार्फत बर्दिया र कैलालीका कर्णाली नदी किनारका बाढी प्रभावित क्षेत्रका लागि तेस्रो प्रस्ताव गएको थियो । ती अघिल्ला प्रस्ताव फरक हुन् भने यो निर्णय भोटेकोशीका लागि गरिएको विशेष निर्णय हो ।

नेपालले बेहोरेको क्षति खर्बौँमा छ, तर आएको रकम करिब ३ अर्ब रुपैयाँ (२ करोड डलर) मात्र छ, जुन क्षतिको १ प्रतिशत पनि होइन । यसले के राहत देला र यसको मापदण्ड के हो ?

हाम्रो सम्पूर्ण हानिनोक्सानी एउटै कोष वा एउटै देशबाट मात्रै सम्बोधन हुन्छ भन्ने परिकल्पना हामीले गरेका छैनौँ । हामीले आफ्नै आन्तरिक स्रोत र अन्य अन्तर्राष्ट्रिय जलवायु वित्तका स्रोत परिचालन गर्नुपर्छ । संख्याको हिसाबले २ करोड डलर धेरै ठूलो रकम होइन, तर यसले मुख्य तीनवटा सन्देश दिएको छ । जस्तैः संकटको घडीमा अन्तर्राष्ट्रिय समुदाय नेपाललाई सहयोग गर्न तयार छ भन्ने सन्देश । घटना भएलगत्तै तत्काल सहयोग गर्ने कोषको मूल उद्देश्य इतिहासमै पहिलोपटक कुनै निश्चित देशका लागि कार्यान्वयन हुनु र कोषको इतिहासमै यो निर्णय एउटा कोशेढुङ्गा र जग बसाल्ने कार्य बनेको छ ।

अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्ने बाटो खुलेको छ र विकसित मुलुकहरू पनि कन्भिन्स भए भनेर बुझ्न सकिन्छ ?

निश्चय पनि हो । यसबाहेक अन्य कोषबाट पनि सकारात्मक निर्णय भएका छन् । एडप्टेसन फन्डमार्फत कोशी क्षेत्रमा जलवायु अनुकूलनका लागि १० मिलियन अमेरिकी डलरको आयोजना स्वीकृत भएको छ । त्यस्तै, युएन ह्याबिट्याटबाट छरिएका बस्ती र विकास लागतको सन्दर्भमा पाँच लाख डलरको प्रस्ताव स्वीकृत भएको छ । इसिमोडबाट हिमाली क्षेत्रमा पूर्वसूचना प्रणालीसम्बन्धी क्षेत्रीय प्रस्ताव अघि बढेको छ । पेरिस सम्झौतादेखि नै विकसित र औद्योगिक राष्ट्रले कारकका रूपमा जिम्मेवारी लिनुपर्ने स्वीकार गरे पनि जलवायु वित्तका स्रोतहरू संकुचित हुँदै गएका छन् । यस्तो अवस्थामा नेपालले क्लाइमेट जस्टिस (जलवायु न्याय) का लागि पैरवी अझ सशक्त बनाउनुपर्छ ।

यो रकम खर्च गर्दा दाताको गाइडलाइन मान्नुपर्छ कि नेपालको आफ्नै प्राथमिकतामा खर्च गर्न पाइन्छ ?

यो कोषबाट आएको रकमको खर्च नेपाल सरकारकै प्राथमिकताअनुसार हुन्छ । भोटेकोशीका बाढीपीडितको प्राथमिकता (खाद्य सुरक्षा, ग्रामीण पूर्वाधार वा जीविकोपार्जन) अनुसार स्थानीय तह, प्रदेश सरकार र विषयगत मन्त्रालयसँग छलफल गरेर प्रस्ताव तयार पारिनेछ । प्रस्ताव पेस गर्ने संस्थाको ओभरहेड कस्ट, विज्ञद्वारा प्रस्ताव समीक्षा, मध्यकालीन तथा अन्तिम मूल्याङ्कन र यो आयोजनाबाट प्राप्त अनुभवलाई विश्व समुदायका लागि ज्ञान–सामग्री बनाउने प्रशासनिक र प्राविधिक प्रक्रियामा यो रकम खर्च हुन्छ ।

बाढी प्रभावित सर्वसाधारणले यसबाट प्रत्यक्ष रूपमा के राहत पाउँछन् ?

नगद दिने वा पूर्वाधार र जीविकोपार्जनमा जाने भन्नेबारे विपद् प्राधिकरण र स्थानीय तहसँग छलफल गरेर निर्णय गरिनेछ । राहत वितरण जति द्रुत हुन्छ, वित्तीय सुशासन र पारदर्शिता त्यति नै बलियो हुनुपर्छ । शतप्रतिशत रकम स्थानीय स्तरमै पुग्नुपर्छ भन्नेमा हामी प्रस्ट छौँ ।

श्रीकृष्ण न्यौपाने रेडियो कान्तिपुरमा आबद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
फिर्ता गर्नुपर्ने रकम साढे ४५ करोड, बैंकमा भेटियो साढे ३२ करोड मात्रै

फिर्ता गर्नुपर्ने रकम साढे ४५ करोड, बैंकमा भेटियो साढे ३२ करोड मात्रै

काठमाडौं । युनिटी इन्टरनेसनल कम्पनीको झन्डै चार अर्ब रुपैयाँ ठगी प्रकरणमा अदालतको फैसलाअनुरूप तत्काल पीडितलाई बाँड्न ४५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । पीडितहरूले ललितपुर जिल्ला अदालत...

#रकम
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#कोष
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Arthasansar
4d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#कोष
Compare →
Nagarik News
5d ago
सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ।

#कोष
Compare →

Related Stories

Science & Climate
Build #2612