Trending
Prev Story
Next Story

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिन सुरु

Nagarik News •
October 26, 2026 • 06:02 AM
1
1 reads 0 reactions

रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिन सुरु

नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण काजगात नष्ट भएका बाढी प्रभावितको राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो।

यसै सन्दर्भमा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम सङ्कलन गरी यही आइतबार सदरमुकाम धुन्चे ल्याएको प्रजिअ पाण्डेले बताए।

स्थलगत रुपमा सङ्कलन गरिएका आवेदन फारामको अध्ययन तथा प्रमाणीकरण गरी निकालिने प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमु्ख  माधव अर्यालले जानकारी दिए।

प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ।

प्रकाशित: ९ कार्तिक २०८३ ११:४७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

२४ कात्तिक, काठमाडौं । नयाँ नागरिकता लिने भन्दा नागरिकता लिइसकेका तर हराएका, जलेका, वा कुनै पनि कारणले नस्ट भएको भनेर नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार गत साउन, भदौ …

#नागरिकता #प्रतिलिपि
Compare →
Hamro Patro News
2d ago
घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्। विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर...

#बाढी #प्रभावित
Compare →

Related Stories

National (Nepal)
Build #2611