Trending
Prev Story
Next Story

बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती

Ekantipur •
October 26, 2026 • 07:00 AM
1
1 reads 0 reactions

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चाँडै धानबाली भित्र्याउन, हिमाली यात्रा स्थगित गर्न र मौसमको अवस्था हेरेर यातायात सञ्चालन गर्न सुझाव दिएका छन् ।

बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चाँडै धानबाली भित्र्याउन, हिमाली यात्रा स्थगित गर्न र मौसमको अवस्था हेरेर यातायात सञ्चालन गर्न सुझाव दिएका छन् ।

काठमाडौँ — बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा रहेको गहिरो न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै सोमबार बिहान चक्रवाती आँधी ‘अर्नब’ मा परिणत भएको छ । यो आँधी सोमबार मध्यरातसम्म शक्तिशाली चक्रवाती आँधी र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । यसको असर नेपालमा बिहीबारदेखि पर्ने जल तथा मौसम विभागले जानकारी गराइसकेको छ । यही सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेती सँग कान्तिपुरका फणीन्द्र संगमले गरेको संक्षिप्त कुराकानी :

बंगालको खाडीमा बन्ने शक्तिशाली चक्रवातको प्रभाव बिहीबारदेखि नेपालमा पर्ने मौसम विभागको आकलन छ । त्यसबाट यहाँ कस्तो असर पर्ने देखिन्छ ?

मुख्यगरी तीनवटा असर पर्ने देखिन्छ । धानबाली भित्र्याउने बेला भएकाले प्रत्यक्ष असर त्यसमा पर्छ । भारी वर्षाले पाकेको धान ढल्ने, काटेको भए खेतमै भिज्ने भयो । अर्को, उच्च हिमाली क्षेत्रमा जाने पदयात्रीलाई असर पर्छ । हामीले सचेत गराउँदा पनि पछिल्लो समय गएको पायौं । यसपालि कम्तीमा बिहीबारदेखि आइतबारसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न अनुरोध गर्छौं ।

तेस्रो असर भनेको सडक यातायातमा हो । वर्षा केही ठाउँमा मध्यमदेखि भारीसम्म हुने सम्भावना छ । बाढीपहिरो आउने हुन सक्छ । कुनै खोलामा थोरै पानीले पनि बहाव बढ्ने देखिएको छ । भर्खरै मनसुन सकिएकाले जमिन गलेकै छ । त्यसकारण सडक यातायातमा यसको प्रत्यक्ष असर देखिन्छ । यसका साथै डुबान पनि हुन सक्छ । दसैंमा अलि ढिलो फर्कने योजना भएकाहरूलाई पनि असर पार्ने भयो ।

तीनचार दिनसम्म प्रभाव रहने विभागले पूर्वानुमान गरेकाले त्यो अवधिमा वर्षाको मात्रा पनि बढ्ने भयो । प्राधिकरणले जोखिम न्यूनीकरण वा प्रतिकार्यका लागि कस्तो योजना बनाउँदै छ ?

पहिलो त हामी चेतावनी दिन्छौं । बिहीबार, शुक्रबार र शनिबार धान नकाट्न र काटेको भए भित्र्याउन आग्रह गर्दै सोमबार एड्भाइजरी जारी गर्छौं । ट्राभल एजेन्सीहरूलाई पनि उच्च हिमाली क्षेत्रमा अहिले पदयात्री पर्यटकलाई नपठाउन, टिकट काटेको भए पछाडि सार्न भन्छौं । सडक यातायात नै प्रभावित हुने अवस्था आएमा बन्द नै गर्नुपर्ने निर्णय पनि लिनुपर्ने हुन सक्छ ।

भोटेकोशी–त्रिशूली अनि बुढीगण्डकी बाढी, असोज पहिलो साताको भारी वर्षाजस्ता प्राकृतिक घटनाबाट हामीले ठूलो क्षति भोग्यौं । छोटोछोटो समयमा भइरहेका यस्ता मौसमी फेरबदलबाट हुने क्षति न्यूनीकरण गर्न राज्यले सिकेको पाठ अनि सर्वसाधारणले अपनाउनुपर्ने सतर्कता के हुन सक्छ ?

भूगोलअनुसारको काम गर्नुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएको विषय हो । भोटेकोशी–त्रिशूलीलगायत अन्य ठाउँमा पनि बाढीको सतह नजिक बनाइएका पुलमा क्षति पुगेको हालै हामीले देख्यौं । त्यस्तो घटना नहोस् भन्नका लागि जोखिमको आकलन गरेर संरचना बनाउनुपर्छ । पूर्वानुमानलाई बलियो र अझ विश्वसनीय बनाउनेतिर लाग्नुपर्छ । विशेषगरी नदी तटीय र उच्च हिमाली क्षेत्रमा स्वचालित रूपमा बज्ने खालका ठूला साइरन जडान गर्नुपर्ने हुन्छ ।

विपद् प्रतिकार्यमा हामीले धेरै लगानी गर्न सकेका छैनौं । यसमा प्रतिकार्य क्षमता बढाउनुपर्छ । स्थानीय सरकार वा प्रदेशदेखि केन्द्रीय सरकारले यसमा काम गर्न जरुरी छ ।

अर्को कुरा, पूर्वानुमानअनुसार सर्वसाधारणले पनि कार्य गर्नुपर्‍यो । धान नकाट्नु भनेपछि काट्नु भएन । बिहीबारसम्म कोही काठमाडौं आइसक्ने वा यहाँबाट हिँड्ने भए त्यो गरे भयो, तर शुक्रबार वा शनिबारको योजना भए सार्नुपर्‍यो । हवाई यातायातमा पनि यी दिन यात्रुले अत्यावश्यकबाहेक टिकट नलिने वा पछिका लागि सार्ने अवस्था भए त्यसो गर्न सकियो । यातायात व्यवसायीले पनि शुक्रबार र शनिबारको अवस्था बुझेर मात्र निर्णय लिनुपर्‍यो ।

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
21h ago
आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#मौसम #क्षेत्रमा
Compare →
Hamro Patro News
3d ago
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली भू–भागका एक–दुई स्था...

#मौसम #क्षेत्रमा
Compare →
Onlinekhabar
4d ago
सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना

सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना

२३ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा …

#मौसम #क्षेत्रमा
Compare →

Related Stories

National (Nepal)
Build #2612