Trending
Prev Story
Next Story

अमेरिकी महाद्वीपका नेताहरूद्वारा लुलालाई बधाइ

Ekantipur •
October 26, 2026 • 07:00 AM
1
1 reads 0 reactions

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइन्बमले राष्ट्रपति लुलाको विजयलाई लोकतन्त्रको जीतका रुपमा व्याख्या गरेकी छिन्

अमेरिकी महाद्वीपका नेताहरूद्वारा लुलालाई बधाइ

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइन्बमले राष्ट्रपति लुलाको विजयलाई लोकतन्त्रको जीतका रुपमा व्याख्या गरेकी छिन्

काठमाडौँ — ब्राजिलको राष्ट्रपति पदमा लुइज इनासिओ लुला दा सिल्भा चौथो कार्यकालका लागि विजयी भएका छन् । ल्याटिन अमेरिकाको वामपन्थी राजनीतिक वृत्तमा लुला एक सम्मानित व्यक्तित्व मानिन्छन् ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै विभिन्न राष्ट्रप्रमुख तथा बामपन्थी नेताहरूले सामाजिक सञ्जालमार्फत लुलालाई बधाई दिएका छन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइन्बमले राष्ट्रपति लुलाको विजयलाई लोकतन्त्रको जीतका रुपमा व्याख्या गरेकी छिन् ।

त्यसैगरी, क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले पनि लुलालाई बधाई दिएका छन् । उनले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको एकता तथा सुदृढीकरणमा ब्राजिललाई क्युवाले सधैं साथ दिने बताएका छन् । अर्जेन्टिनाकी पूर्वराष्ट्रपति क्रिस्टिना किर्चनरले पनि लुलालाई बधाई दिएकी छिन् ।

ब्राजिलसँग मित्रतापूर्ण सम्बन्ध राख्दै आएका देशहरु चिली, इक्वेडर, बोलिभिया र पेरुका राष्ट्रप्रमुखले पनि उनलाई बधाई सन्देश पठाएका छन् ।

चिलीका राष्ट्रपति जोस एन्टोनियो कास्टल, इक्वेडेरका राष्ट्रपति डैनियल नोबोआ, पेरुकी राष्ट्रपति केइको फुजिमोरी, बोलिभियाका राष्ट्रपति रोड्रिगो पाज, अमेरिकी सिनेटर बर्नी स्यान्डर्सलगायतले पनि उनलाई बधाई दिएका छन् । ‘लुलाले ब्राजिलका मजदुर र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिने काम गरेका छन् । आगामी चार वर्षसम्म पनि उनले यो निरन्तरता दिनेछन्,’ स्यान्डर्सले भनेका छन् ।

दक्षिणपन्थी धारका उम्मेदवार फ्लाभिया बोल्सेनारोलाई हराएर लुला राष्ट्रपति चुनिएका हुन् । बोल्सेनारोले चुनावमा धाँधली भएको भन्दै यसविरुद्ध अदालत जाने बताएका छन् । चुनावअघि बोल्सेनारोका पक्षमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खुलेर समर्थन गरेका थिए । उता, लुलाले आफ्नो देशको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
पुटिनसँग भेटवार्ता गर्न अमेरिकी प्रतिनिधि रुसमा

पुटिनसँग भेटवार्ता गर्न अमेरिकी प्रतिनिधि रुसमा

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र उनका सहयोगी स्टिभ विटकफ बिहीबार रुस पुगेका छन् । उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...

#राष्ट्रपति #अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612