Trending
Prev Story
Next Story

कोदो खेती घट्दो, पिठोको माग उच्च

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, जुम्ला । पछिल्लो समयमा जुम्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख …

कोदो खेती घट्दो, पिठोको माग उच्च

९ कात्तिक, जुम्ला । पछिल्लो समयमा जुम्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको तिला–१ राराका अगुवा किसान नर रावतको भनाइ छ ।

यहाँका गाउँघरमा कोदो खेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदे बालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् । विशेषगरी यहाँको तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती उत्पादन बढी हुने गरेको छ । पछिल्लो समयमा खेती गर्नेको सङ्ख्या घट्दै गएको तिला –५ का वडाध्यक्ष ललित शाहीले बताउँछन् ।

हाल कोदोको पिठो प्रतिकेजी २०० ले बिक्री हुने गरेको छ । विशेषगरी आन्तरिक पर्यटनको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी अर्जुन बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ ।

परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन । दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा कोदोको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको यहाँका स्थानीय व्यापारी बताउँछन् ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो । हाल यहाँका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो । कार्तिक २७, २०८३ प्रकृति दाहाल सरकारी तथ्यांक...

#खेती
Compare →
Ekantipur
3d ago
पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

#खेती
Compare →

Related Stories

Business & Economy
Build #2612