Trending
Prev Story
Next Story

कर्णाली प्रदेशस्तरीय टेबलटेनिस छनोट प्रतियोगिता सुरु

Ekantipur •
October 13, 2026 • 07:31 PM
1
1 reads 0 reactions

छनोट प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाका खेलाडी सहभागी छन् ।

कर्णाली प्रदेशस्तरीय टेबलटेनिस छनोट प्रतियोगिता सुरु

छनोट प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाका खेलाडी सहभागी छन् ।

सल्यान — १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न कर्णाली प्रदेशस्तरीय टेबलटेनिस छनोट प्रतियोगिता सल्यानमा सुरु भएको छ । प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाका खेलाडी सहभागी भएका छन् ।

प्रतियोगितामा जाजरकोट, हुम्ला, सल्यान, सुर्खेत, दैलेख, कालीकोट र रुकुम पश्चिमका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी मंसिरमा सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले प्रदेशमा खेलकुदको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक पहल गर्न प्रतिबद्ध रहेको बताए । उनले खेलमैदान तथा खेलकुद पूर्वाधार निर्माण, खेल सामग्री उपलब्धता, नियमित प्रशिक्षण र दक्ष प्रशिक्षकको व्यवस्थाका लागि नीतिगत पहल गर्ने बताए ।

खेलकुदलाई प्रदेशको नीति तथा बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अधिकारीले प्रतिभावान् खेलाडीको पहिचान, प्रोत्साहन र विकासका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताए । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका खेलाडीलाई प्रशिक्षण, खेल सामग्री र प्रतियोगितामा सहभागी हुने अवसर उपलब्ध गराउन सके प्रदेशबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#छनोट #प्रदेशस्तरीय
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#कर्णाली
Compare →

Related Stories

National (Nepal)
Build #2611