Trending
Prev Story
Next Story

कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

Ekantipur •
October 15, 2026 • 05:57 AM
1
1 reads 0 reactions

कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : टेकराज पछाईसँग ३१ ठाउँमा जग्गा, २० तोला सुन र २८ कम्पनीमा सेयर ।जितबहादुर मल्लसँग चार घर र श्रीमतीको नाममा १० ठाउँमा जग्गा, कलबहादुर हमालसँग आठ लाख ऋण; अन्य मन्त्रीको सम्पत्ति कति ?

कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : टेकराज पछाईसँग ३१ ठाउँमा जग्गा, २० तोला सुन र २८ कम्पनीमा सेयर ।जितबहादुर मल्लसँग चार घर र श्रीमतीको नाममा १० ठाउँमा जग्गा, कलबहादुर हमालसँग आठ लाख ऋण; अन्य मन्त्रीको सम्पत्ति कति  ?

वीरेन्द्रनगर — कर्णालीका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उनीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रीहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्की, जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, सामाजिक विकासमन्त्री जितबहादुर मल्ल र आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई छन् ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार अर्थमन्त्री पछाई सबैभन्दा धनी देखिएका छन् । पछाईसँग २० तोला सुन र ५० तोला चाँदी छ । यससँगै उनीसँग जुम्ला र बर्दियामा गरी ३१ ठाउँमा जग्गाजमिन छ । २८ लघुवित्त तथा कम्पनीहरूमा सेयर छ । जुम्लाको कनकासुन्दरी–६ घर भएका उनीसँग दुईवटा पुर्ख्यौली घर छन् । त्यसबाहेक बुबाकै नाममा गाउँका विभिन्न २८ ठाउँमा पुर्ख्यौली जग्गा छ । बर्दियाको राजापुर नगरपालिका–२ का तीनवटा ठाउँमा जग्गाजमिन रहेको विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री पछाई र उनकी श्रीमती तिला आचार्य दुवैको नाममा गरी विभिन्न बैंकमा १२ लाख १५ हजार रुपैयाँ मौज्दात छ । यस्तै, मन्त्री पछाई र उनकी श्रीमतीको नाममा नागरिक लगानी कोषमा ९ लाख १३ हजार ६६४ रुपैयाँ जम्मा छ । पछाईले केही सेयरको स्रोत ‘सेयर कारोबार’ त केही ‘तलबबाट खरिद गरेको’ बताएका छन् ।

सवारीसाधनतर्फ २ लाख ४० हजार मूल्यको बजाज मोटरसाइकल र २ लाख ८५ हजार मूल्यको स्कुटर (श्रीमतीको नाममा) रहेको बताएका छन् । यी सवारीसाधन खरिदको स्रोतमा व्यक्तिगत आम्दानी र ‘बैंकको जागिर’ राखिएको छ । कृषितर्फ उनीसँग जुम्लामा २०० बोट स्याउ, १५ बोट ओखर र एउटा गाई पनि छ । यस्तै, उनले सम्पत्ति विवरणमा आफूसँग दुई थान एप्पल मोबाइल र एक थान ल्यापटप रहेको उल्लेख गरेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्कीको सम्पत्ति विवरणमा हुम्लाको सर्केगाड–२ मा घर छ । एक ठाउँमा सुर्खेत र दुई ठाउँमा हुम्लामा जग्गा छ । जमिन पैतृक सम्पत्ति, व्यवसाय र ऋणबाट जोडेको भनिएको छ । उनीसँग १० तोला सुन र ११० तोला चाँदीका माला छन् । उनीसँग तुथो, मुगा र मोतीका माला २५ तोला छन् । यो सबै पैतृक र दाइजो भएको भनिएको छ । दुई लाख पारिश्रमिकको नगद भएको पनि उनले सम्पत्ति विवरणमा भरेकी छन् । दुई बैंक सिटिजन्स र सांग्रिलामा १५ लाख २० हजार भएको पनि उनले देखाएकी छन् । यो १५ लाख श्रीमान्को मृत्युपछि दुर्घटना बिमाबाट आएको र पारिश्रमिकको २० हजार भएको जनाएकी छन् । सात लाख पर्ने एक थान पारिश्रमिकबाट जोडेको बाइक पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

यस्तै, सामाजिक विकासमन्त्री जितबहादुर मल्लको मुगुको छायानाथ रारा नगरपालिका-१ घर भएका मल्लसँग चारवटा घर छन् । ती घर व्यवसायबाट जोडेको भनिएको छ । श्रीमती राधिकाको नाममा छायानाथ राराका विभिन्न वडामा गरी १० ठाउँमा जग्गाजमिन छ । जग्गा खरिदको केही ऋण र केही नोकरी तथा व्यवसायबाट जोडेको उल्लेख गरिएको छ । उनीसँग चार तोला सुन र पाँच तोला चाँदी छ । यो नोकरी र व्यवसायबाट जोडेको बताएका छन् ।

उनीसँग बैंकमा मौज्दात तीन लाख रुपैयाँ छ भने श्रीमतीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६३ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ । उनीसँग एक लाख ९० हजारको फोन, एक लाखको ल्यापटप र एक लाख ८० हजारको ट्याबलेट छ । यो वैदेशिक रोजगारीमा भएकाले उपहार दिएको जनाएका छन् ।

हुम्लाको अदानचुली–५ घर भएका जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालसँग एक पुर्ख्यौली घर छ । सुर्खेतको वीरेन्द्रनगर–५ मा व्यवसायबाट खरिद गरेको जग्गा छ । साथै, दुई तोला सुन र ४० तोला चाँदी पैतृक सम्पत्ति भएको पनि उनले जनाएका छन् । चारवटा बैंकमा उनको दुई लाख ७० हजार रुपैयाँ बराबर रकम मौज्दात छ । जसमध्ये दुई लाख ५० हजार वैदेशिक रोजगारीबाट प्राप्त र बाँकी तलबबाट जम्मा गरिएको उल्लेख छ । विभिन्न व्यक्तिबाट आठ लाख ऋण लिएको र चुक्ता गर्न बाँकी रहेको पनि उनले भनेका छन् ।

यस्तै, रुकुम पश्चिमको चौरजहारी–९ घरकी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री खड्कासँग अंशबन्डाबाट प्राप्त चार कित्ता जग्गा रहेको छ । दाङमा १२० वर्गमिटरको तीन लाख ६० हजार मूल्य बराबरको घडेरी रहेको र उक्त घडेरी पनि अंशबन्डाबाटै प्राप्त गरेको बताएकी छन् । बैंकमा बुबाबाट प्राप्त पाँच लाख रुपैयाँ जम्मा भएको जनाएकी उनले चार लाख ४६ हजार रुपैयाँ तलब, भत्ता तथा जग्गा बिक्रीबाट जम्मा गरेको बताएकी छन् ।

रुकुम पश्चिमको मुसीकोट–१३ घर भएकी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री खड्का रोका गाउँमा कच्ची पुर्ख्यौली घर छ भने ११ कित्ता पुर्ख्यौली जग्गा रहेको उनले उल्लेख गरेकी छन् । उनीसँग दुई तोला सुन छ । तीन लाख बराबरको सेयर र ९० हजार बैंकमा मौज्दात रहेको जनाएकी छन् । आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको उल्लेख गरेकी छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीले भने केही दिनअघि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#कर्णाली
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#कर्णाली
Compare →
Bizshala
1d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#सम्पत्ति
Compare →

Related Stories

National (Nepal)
Build #2611