Trending
Prev Story
Next Story

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो भयो । फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा …

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि

७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो भयो ।

फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि भने जित्न सकेन ।

फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको थियो। त्यसपछि म्याच पोइन्ट ६७ तय भएको थियो ।

६७ अंक कटाउने टिमले त्यसपछिका जुनसुकै खेलमा चिकेन डिनर जितेमा उपाधि पक्का हुने प्रावधान थियो । होराले ६७ अंक कटाएपनि चिकेन डिनर भने जित्न सकेन ।

प्रतियोगिताको उपाधि विजेता टुङ्गो लाग्न भने १२औं खेलसम्म कुर्नुपरेको थियो । १२औं खेलमा पुग्दासम्म होरासहित १० टोलीले ६७ अंकको थ्रेसहोल्ड कटाएर उपाधि जित्न योग्य भएका थिए ।

१२औं खेलमा पुगेर वुल्भ्स ईस्पोर्ट्सले चिकेन डिनर जित्दै उपाधि जित्न सफल भयो । वुल्भसले ११औं खेलमा मात्र म्याच पोइन्ट कटाएर उपाधिका लागि योग्य भएको थियो ।

त्यसबीचमा पुछारमा रहेको आईएनएफले भने लगातार दुई चिकेन डिनर जित्दै उपाधि सम्भावना बलियो बनाएको थियो । १२औं खेलमा पनि चिकेन डिनरको नजिक पुगेको आईएनएफले चिकेन जित्न सकेन ।

होरा पनि ११औं खेलमा चिकेन डिनरको नजिक पुग्दा आईएनएफबाटै इलिमिनेट भएको थियो ।

नेपालको अर्को टोली टीटूके भने सर्भाइभल स्टेजबाट बाहिरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
चीनमा अपराजित रहँदै नेपालले जित्यो यू–१९ महिला क्रिकेटको उपाधि

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू–१९ महिला क्रिकेटको उपाधि

काठ्माण्डौँ : नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । चार ट...

#उपाधि #जित्यो
Compare →
Nagarik News
5d ago
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।

#उपाधि #जित्यो
Compare →
Ekantipur
3d ago
विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो ।

#उपाधि
Compare →

Related Stories

Sports
Build #2611