Trending
Prev Story
Next Story

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

Ekantipur •
October 25, 2026 • 02:31 PM
1
1 reads 0 reactions

मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति १३५ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति १३५ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।

लन्डन — बेलायतको उत्तरी क्षेत्रमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

आँधीका कारण आइतबार १०औं हजार घरहरू विद्युत्‌विहीन भएका छन् र यातायात सेवा अवरुद्ध भएका छन् । यो मौसममा बेलायतका आएको बोएलो दोस्रो ठूलो आँधी हो । यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रहरूमा व्यापक प्रभाव पारेको थियो । इनर्जी नेटवक्र्स एसोसिएसनले बिहान ८ बजेसम्मको अपडेटमा ८२ हजारभन्दा बढी घरमा विद्युत् नभएको जनाएको छ । अस्टेनले पुर्‍याएको क्षतिपछि कटौती भएको विद्युत् सेवा झन्डै ३ लाख ५० हजार ग्राहकमा पुनः जडान गरिएको एसोसिएसनले जनाएको छ ।

आँधीका कारण भारी बर्षासहितको हुरी चल्ने चेतावनी जारी गरिएको स्कटल्यान्डमा आँधीपछि रूखहरू ढलेका, बिजुलीका खम्बा ढलेका र र क्षतिग्रस्त सडक सतहका कारण सडक र रेलवे मार्गहरू बन्द गरिएका छन् ।

मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति १३५ किलोमिटर प्रति घण्टासम्म पुगेको थियो । स्कटल्यान्ड र उत्तरी इङ्ल्यान्डमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

केही क्षेत्रमा ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ, जसले बाढीको सम्भावना बढाएको छ । उत्तरी आयरल्यान्ड पनि प्रभावित भएको छ, जहाँ बेलफास्टबाट हुने केही उडानहरू रद्द भएका छन् ।

बेलफास्ट र उत्तर-पश्चिमी इङ्ल्यान्डबीच आयरिस समुद्र पार गर्ने डुङ्गा सेवा पनि अवरूद्ध बनेको छ । मेट अफिसले बोएलोबाट जोखिम रहेका क्षेत्रमा मानिसलाई सकेसम्म घरभित्रै रहन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
बेलायत जाने नेपालीका लागि दुःखको खबर! पीआर पाउन १० वर्ष कुर्नुपर्ने!

बेलायत जाने नेपालीका लागि दुःखको खबर! पीआर पाउन १० वर्ष कुर्नुपर्ने!

अध्ययन, रोजगारी तथा स्थायी बसोबासको सपना बोकेर बेलायत जाने तयारीमा रहेका नेपालीहरूका लागि महत्त्वपूर्ण खबर सार्वजनिक भएको छ। बेलायत सरकारले विदेशी नागरिकलाई स्थायी बसोबास अनुमति अर्थात् पीआर प्राप्...

#बेलायत
Compare →
Onlinekhabar
13h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#उत्तरी
Compare →
Nagarik News
1w ago
घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

निर्धारित समयमा बेलायत नफर्किएपछि उनीहरूका परिवारले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

#बेलायत
Compare →
Bizshala
1w ago
सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

#उत्तरी
Compare →

Related Stories

World News
Build #2611