Trending
Prev Story
Next Story

अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया जनाएका छन्। उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध हुने कुनै पनि प्रकारको दुस्साहसको …

अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं

८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया जनाएका छन्।

उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध हुने कुनै पनि प्रकारको दुस्साहसको यस्तो जवाफ दिइनेछ, जसको कल्पनासमेत गर्न सकिँदैन।’

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भनेका थिए, ‘सायद मैले काम पूरा गर्नुपर्ने हुन सक्छ, वा सायद उनीहरूले कुनै सम्झौता गर्नेछन्।’

यद्यपि, ट्रम्पले ‘काम पूरा गर्ने’ भन्नाले इरानमाथि फेरि आक्रमण गर्ने भन्ने हो वा होइन भन्ने कुरा भने स्पष्ट पारेनन्।

इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार गालिबाफले आइतबार संसद्को कारबाही सुरु हुनुअघि दिएको आफ्नो भाषणमा यस्तो बताएका हुन्।

यस सत्रमा सांसदहरूले घुसपैठको प्रतिकार गर्ने विषयसँग सम्बन्धित विधेयकमाथि छलफल जारी राखेका छन्।

आइतबार संसद्का करिब दुई-तिहाइ सदस्य फरक-फरक माध्यमबाट सत्रमा सहभागी भएका थिए। केही सांसद संसद् भवनमै उपस्थित थिए भने केहीले अनलाइनमार्फत सहभागिता जनाएका थिए।

आइतबार सभामुख गालिबाफ पनि सत्रमा सहभागी हुन संसद् भवन पुगेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
हर्मुज जलयोजकमा निर्बाध आवागमन नहुने इरानी संसद्का सभामुख गालिबाफको भनाइ

हर्मुज जलयोजकमा निर्बाध आवागमन नहुने इरानी संसद्का सभामुख गालिबाफको भनाइ

एजेन्सी । इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिका–इजरायलसँगको युद्धपछि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हर्मुज जलयोजक अब कहिल्यै पनि युद्धपूर्वको अवस्थामा नफर्किने ब...

#इरानी #संसद्का #सभामुख
Compare →
Arthasansar
17h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण #इरान
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान #इरानी
Compare →
Nagarik News
10h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान #अमेरिका
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान
Compare →

Related Stories

World News
Build #2612