Trending
Prev Story
Next Story

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

Nagarik News •
October 25, 2026 • 10:33 AM
1
1 reads 0 reactions

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

कञ्चनपुरको बेल्डाडी गाउँपालिका - ५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

‘लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन सो क्षेत्रमा क्यामेरा पनि जडान गरेका थियौँ,’ रेञ्जर चौधरीले भने , ‘गएराति पनि क्यामेरामा बाघ देखिएपछि अहिले शुक्लाफाँटाबाट दुई वटा हात्ती त्यहाँ परिचालन गरिएको छ।’

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ। त्यहाँ हात्तीका साथै बेल्डाडी पोष्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारी पनि खटिएका छन्।

‘पाटेबाघ उखुबारीमा रहेको भन्ने खबर पनि आएको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ।’

प्रकाशित: ८ कार्तिक २०८३ १६:१८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3w ago
बाघ धपाउन हात्ती परिचालन

बाघ धपाउन हात्ती परिचालन

८ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चार/पाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा …

#बाघ #शुक्लाफाँटा #हात्ती
Compare →
Hamro Patro News
2w ago
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ धपाउन हात्ती परिचालन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्तीनजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरव...

#बाघ #शुक्लाफाँटा #हात्ती
Compare →
Ekantipur
1w ago
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

#शुक्लाफाँटा #हात्ती
Compare →

Related Stories

Technology
Build #2612