Trending
Prev Story
Next Story

मकर २९ असोज २०८३, बिहीबार

Onlinekhabar •
October 14, 2026 • 08:16:26 PM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

मकर २९ असोज २०८३, बिहीबार

आज सफल यात्रा र उपहार पाइने सम्भावना छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

मकर राशिका जातकका लागि यस महिना शुभ रहनेछ । बोली र व्यवहारको प्रभावबाट कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् । सवारीसाधन प्राप्तिको योग रहेको छ । जोश, जाँगर र आत्मविश्वास बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । कार्यसम्पादनमा सहजता मिल्नेछ । व्यापार–व्यवसायबाट औसत लाभ प्राप्त हुनेछ । सहजै अरूको विश्वास जित्न सकिनेछ । शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । कुनै शुभकार्य गर्नुअघि वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्दा विशेष लाभ प्राप्त हुनेछ ।

-ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल

राशिफल भाग्य हेर्ने मात्र होइन, दिशा बनाउने हो । जो अनुशासित, साहसी र स्पष्ट छ- असोज उसकै हुन्छ । आफ्नो इमानदारिता, मेहनेत, कर्तव्य र सत्कर्म गर्नाले पनि आउने दिनहरू अवश्य राम्रा हुनेछन् । यस्तै अन्य जानकारीको लागि ओके धर्मसंस्कार हेर्दै गर्नुहोला धन्यवाद ।

मकर राशि हुनेहरूका लागि २०८२ साल सुखदायी नै रहनेछ । शनिको अनुकुलताले वर्ष भरीनै राम्रो फल मिल्नेछ । अधुरा कार्यहरू सम्पन्न हुँदै जानेछन् । साथै बृहस्पति र राहुको कारणले भने कार्यबाधा र बोलीको विपरित अर्थ लाग्न सक्छ, अत: वाणीमा लगाम लगाउन आवश्यक छ ।

चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ । यो वर्ष नयाँ काम को थालनी हुनेछ । आर्थिक पक्ष सबल नै रहने देखिन्छ । पर्यटन, निर्माण र घरजग्गाको कारोबार फस्टाउनेछ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयर बजारको कारोबार भने सुझबुझमा भर पर्छ ।

प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ । असार, कार्तिक, मङ्सिर र चैत्र महिना शुभ रहनेछ । सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । शत्रुबाट छुटकारा पनि मिल्नेछ ।

वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव बढ्नसक्छ । यो वर्ष पठनपाठनमा जाँगर बढ्नेछ । विशेषगरि कला, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ ।

वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र सङ्घर्ष गर्नु पर्ला । यो वर्ष वैदेशिक व्यापार या रोजगारीमा आफन्तको सहयोग पाइने छ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । नयाँ कार्य, पद र प्रतिष्ठा समेत पाइनेछ ।

हार्डवेयर र स्वास्थ्य पेशामा आवद्ध व्यक्तिहरूको लागि निक्कै राम्रो हुनेछ । यो वर्ष रक्तचाप, हृदय र नशाको समस्या बढ्न सक्छ, अत: स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या हल हुनेछ ।

ग्रह पीडाबाट बच्न राहु र बृहस्पतिको शान्ति गर्दा राम्रो हुनेछ । भगवान श्रीकृष्ण र लक्ष्मीजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1d ago
आजको पञ्चाङ्ग र पात्रो: २६ कात्तिक २०८३, बिहीबार

आजको पञ्चाङ्ग र पात्रो: २६ कात्तिक २०८३, बिहीबार

आज तृतीया तिथि, ज्येष्ठा नक्षत्र र सुकर्मा योग रहेको पञ्चाङ्गको विवरण।

#२०८३ #बिहीबार
Compare →

Related Stories

Business & Economy
Build #2611