Trending
Prev Story
Next Story

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

Nagarik News •
October 25, 2026 • 09:44 AM
1
1 reads 0 reactions

सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ।

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ। भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्र आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीनजिकै आज दिउँसो पल्टिएको हो।

इलाका प्रहरी कार्यालय बराहक्षेत्रका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा परेका एक जनाको प्रहरीले उद्धार गरी बराहक्षेत्र अस्पतालमा उपचारका लागि पठाएको छ।

मोटरबोटमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार मोटरबोटमा १४ जना यात्रु रहेको भनिए पनि त्यसको पुष्टि भइसकेको छैन।

दुर्घटनास्थल धनकुटा क्षेत्रमा पर्ने भए पनि उद्धारका लागि सुनसरीको बराहक्षेत्रबाट प्रहरी टोली खटिएको रञ्जितकारले बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १५:२९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्।

#मोटरबोट #सप्तकोशी
Compare →
Onlinekhabar
10h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Hamro Patro News
11h ago
रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । ...

#मृत्यु #जनाको
Compare →
Arthasansar
18h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

Technology
Build #2612