काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चापअनुसार जनशक्ति र संरचना विस्तार गर्न आवश्यक काम भइरहेको बताएकी छन् ।
आइतवार जानकी मन्दिर दर्शन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको बताइन् । प्रदेशका अस्पतालमा समस्या देखिए पनि त्यसलाई प्रदेश सरकारको मात्र जिम्मेवारी भनेर संघीय सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।
Read full story at source ( kalakarmi.com )