Trending
Prev Story
Next Story

खाेटाङमा ६४२ चेलीबेटीले पाए मोटरसाइकल सेवा

Nagarik News •
October 25, 2026 • 07:10 AM
1
1 reads 0 reactions

खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।

खाेटाङमा ६४२ चेलीबेटीले पाए मोटरसाइकल सेवा

खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।

दसैंमा माइतीघर आउजाउ गर्ने चेलीबेटीलाई लक्षित गर्दै खोटाङमा उक्त अभियान सञ्चालन गरिएको हाे।

पर्याप्त सार्वजनिक यातायात सेवाको अभावमा आवतजावत गर्न समस्या भोग्ने चेलीबेटीलाई लक्षित गर्दै खाेटाङका युवाहरूले चलाएकाे अभियान कात्तिक ३ देखि ६ गतेसम्म चार दिन सञ्चालन गरिएकाे थियाे।

अभियानमा पहिलो दिन ५०, दोस्रो दिन ११०, तेस्रो दिन २५२ र चौथो दिन २३० जना गरी ६४२ चेलीबेटीले मोटरसाइकल सेवा पाएका हुन्।

अभियानमा युवाहरूले सवारीसाधन नभएका र आर्थिक अवस्था कमजोर भएका छोरीचेलीलाई आफ्नै मोटरसाइकलबाट सेवा दिएका थिए।

शुभेच्छुक सहयोगीहरूबाट इन्धनको व्यवस्था गरी चेलीबेटीलाई माइतीघरदेखि घरसम्म र घरदेखि माइतीघरसम्म सेवा उपलब्ध गराइएको थियाे।

अभियानअन्तर्गत जिल्लाभित्र ३५ किलोमिटरसम्म सेवा दिने व्यवस्था गरिए पनि आवश्यकता र चेलीबेटीको सहजता ध्यानमा राख्दै छिमेकी जिल्ला भोजपुरसम्म पनि सेवा विस्तार गरिएको अभियानमा ५० जनाभन्दा बढी राइडर परिचालित भएका थिए।

अभियानमा महिला, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको थियो।

अभियानका संयोजक राईले चेलीबेटीलाई उपहार दिने परम्परा भौतिक उपहारमा सीमित नराखी उनीहरूप्रति सम्मान व्यक्त गर्ने, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने र समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

चाडबाडका बेला सार्वजनिक यातायात पर्याप्त रूपमा उपलब्ध नहुने र यही समयमा चेलीबेटी माइती तथा मामाघर जाने परम्परा रहेकाले उनीहरूको यात्रालाई सहज बनाउन अभियान सुरु गरिएको संयोजक राईले बताए।

तिहारमा पनि निःशुल्क मोटरसाइकल सेवा दिइने

अभियानलाई निरन्तरता दिँदै तिहारलाई लक्षित गरेर कात्तिक २४, २५ र २६ गते पनि निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

सेवा लिन इच्छुक चेलीबेटीले रत्नपार्कस्थित अभियानको सचिवालयमा सम्पर्क गर्नुपर्नेछ। विभिन्न दाताले अभियान साकार पार्न सचिवालयमै पुगेर सहयोग उपलब्ध गराइरहेका छन्।

युवाहरूको श्रम, आफ्नै सवारीसाधनको उपयोग र सहयोगीदाताको योगदानबाट सञ्चालन भइरहेको यस अभियानले चाडपर्वमा घरपरिवारसँग भेटघाट गर्न जाने चेलीबेटीको यात्रामा राहत पुर्‍याउने अपेक्षा छ।चेलीबेटीप्रतिको सम्मान व्यवहारमै उतार्दै सामाजिक सद्भाव, पारिवारिक आत्मीय र सहयोगको संस्कार बलियो बनाउने उद्देश्यले सुरु गरिएको यो अभियान खोटाङमा युवाहरूको सामाजिक सक्रियताको उदाहरणका रूपमा देखिएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १२:५५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#मोटरसाइकल
Compare →
Onlinekhabar
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल
Compare →
Ekantipur
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

#मोटरसाइकल
Compare →

Related Stories

Technology
Build #2611