Trending
Prev Story
Next Story

‘हेरिटेज रन’ काठमाडौंको संस्कृति र सम्पदासँग जोडिने अवसर हो : सुनिता डंगोल

Nagarik News •
October 25, 2026 • 06:47 AM
1
1 reads 0 reactions

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ केवल दौड प्रतियोगिता मात्र नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर भएको बताएकी छन्।

‘हेरिटेज रन’ काठमाडौंको संस्कृति र सम्पदासँग जोडिने अवसर हो :  सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ केवल दौड प्रतियोगिता मात्र नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर भएको बताएकी छन्।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रम अघि बढाइरहेको स्पष्ट पारिन्।

उनले काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले सहरको मौलिक पहिचान झल्काउने उल्लेख गर्दै हेरिटेज रनले ती पक्षसँग नागरिकलाई जोड्ने बताइन्।

‘हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ डंगोलले भनिन्।

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै नागरिकमा सम्पदाप्रतिको अपनत्व बढाउनु आवश्यक रहेको उनको भनाइ थियो।

महानगरपालिकाले संस्कृति र सम्पदाको संरक्षणसँगै तिनलाई नागरिकको दैनिक जीवनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। हेरिटेज रनलाई पनि काठमाडौंको मौलिक पहिचान, सांस्कृतिक विविधता र सम्पदाबारे जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिइएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १२:३२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
12h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #काठमाडौं #सम्पदा
Compare →
Onlinekhabar
12h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#काठमाडौं-महानगर #काठमाडौं #सम्पदा
Compare →
Hamro Patro News
13h ago
दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्य...

#संस्कृति
Compare →

Related Stories

National (Nepal)
Build #2611