Trending
Prev Story
Next Story

सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि तस्कर समूहको आक्रमण

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

‎८ कात्तिक, ‎सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ। ‎शनिबार साँझ भारतबाट विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको …

सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि तस्कर समूहको आक्रमण

‎८ कात्तिक, ‎सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ।

‎शनिबार साँझ भारतबाट विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका–३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको सप्तरी प्रहरीले जनाएको छ।

‎प्रहरीले यादवको साथबाट करिब एक लाख १७ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कडबोनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।

‎घटनामा संलग्न रहेको आरोप लागेका देवकुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै उनीहरूको पहिचान र पक्राउका लागि प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए।

‎यसअघि पनि सोही रामनगर कोदरकट्टी प्रहरी चौकीमा कार्यरत प्रहरीमाथि तस्करीको विषयलाई लिएर आक्रमण भएको थियो । गत असारमा पनि सोही चौकीका तत्कालीन इन्चार्ज असई रामकुमार यादवमाथि तस्कर समूहले कुटपिट गरेको थियो। ‎

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

काठमाडौं– जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही ...

#आक्रमण
Compare →
Arthasansar
17h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2612