काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक आकलनअनुसार मनाङसहित कम्तीमा २९ जिल्ला वर्षाबाट बढी प्रभावित हुन सक्नेछन्। केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।
भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने यस प्रणालीको प्रभाव बिहीबार रातिदेखि थप बढ्ने पूर्वानुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी हुन सक्छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने जनाएको छ। यद्यपि, वर्षाको मात्रा र जोखिममा पर्ने क्षेत्रबारे महाशाखाले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
Read full story at source ( kendrabindu.com )