वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्कटिक क्षेत्रमा पर्ने ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको व्यापक अन्वेषण सुरु हुन लागेको बताएका छन्। उनले ग्रिनल्यान्डमा विश्वकै ठूलो परिमाणमा सहजै उत्खनन गर्न सकिने तेल भण्डार रहेको दाबीसमेत गरेका छन्।
अलजजिराका अनुसार ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ग्रिनल्यान्डमा ठूलो स्तरको अन्वेषणको तयारी भइरहेको बताएका हुन्। तर, अन्वेषणमा अमेरिकाको भूमिका कस्तो हुनेछ भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )