जाडो मौसम नजिकिएसँगै उत्तरी क्षेत्रबाट जाडो छल्न नेपालका सिमसार, ताल तथा नदी क्षेत्रमा पाहुना चरा आउने क्रम सुरु भएको छ । असोजदेखि सुरु हुने आगमन मङ्सिरसम्म जाडो छल्न प्रत्येक वर्ष १६० भन्दा बढी प्रजातिका चरा नेपाल आउने गरेको बताइएको छ ।
उत्तरी गोलार्धका उच्च हिमाली र पहाडी क्षेत्रबाट अनुकूल तापक्रम, आहार र सुरक्षित बासस्थानको खोजीमा चरा नेपालका तराई तथा सिमसार क्षेत्रमा आउने गरेका छन् । नेपाल पन्छीविद् सङ्घका कोशी प्रदेश संयोजक तथा चराविद् अनिष तिम्सिनाका अनुसार असोजदेखि नै रातो कल्की हाँस, गडवाल हाँस, साधारण टिल हाँस र खैरो टाउके हुटिट्याउँ जलपन्छी देखिन थालेका छन् । चरा आउने क्रम जारी रहेकाले आगामी दिनमा थप प्रजाति देखिने तिम्सिनाको भनाइ छ ।
Read full story at source ( gorkhapatraonline.com )