Trending
Prev Story
Next Story

सोनम वाङ्चुकको चेतावनी : शान्तिपूर्ण प्रदर्शन दबाइए नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्छ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

८ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले भारतमा भइरहेको शान्तिपूर्ण प्रदर्शनलाई दबाउने प्रयासले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले नेपाल, श्रीलंका र बंगलादेशमा भएका आन्दोलनको उदाहरण दिँदै प्रदर्शनकारीको आवाज दबाउनुको …

सोनम वाङ्चुकको चेतावनी : शान्तिपूर्ण प्रदर्शन दबाइए नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्छ

८ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले भारतमा भइरहेको शान्तिपूर्ण प्रदर्शनलाई दबाउने प्रयासले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले नेपाल, श्रीलंका र बंगलादेशमा भएका आन्दोलनको उदाहरण दिँदै प्रदर्शनकारीको आवाज दबाउनुको सट्टा उनीहरूका माग सुन्न भारत सरकारलाई सुझाव दिएका छन् ।

इन्डिया टुडेको रिपोर्टअनुसार, मुम्बईमा आयोजित आईपीएफ फेस्टिभलमा बोल्दै वाङ्चुकले शान्तिपूर्ण प्रदर्शनलाई सरकारका लागि जनताको प्रतिक्रिया बुझ्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् । उनका अनुसार यस्ता प्रदर्शनले सरकारलाई नागरिकका समस्या र असन्तुष्टि बुझ्न तथा आफ्नो कार्यशैली सुधार्न सहयोग पुर्‍याउँछन् ।

उनले बेलायत, नर्वे र स्विडेनजस्ता देशमा संसद् भवनबाहिर प्रदर्शन गर्न पाइने उल्लेख गर्दै भारतमा भने संसद्बाट टाढा प्रदर्शनस्थल तोकिएको बताए । नयाँदिल्लीको जन्तरमन्तर पनि संसद् भवनबाट टाढा रहेको उनको भनाइ थियो ।

वाङ्चुकले प्रदर्शनलाई सत्ताको केन्द्रबाट टाढा राख्न नहुने तर्क गरे । उनका अनुसार शान्तिपूर्ण प्रदर्शनले नागरिकको असन्तुष्टि बाहिर ल्याउने र सरकारमाथिको दबाबलाई व्यवस्थापन गर्न सहयोग गर्छ ।

उनको यो अभिव्यक्ति भारतमा प्रदर्शनकारीमाथि सरकारी कारबाही र विरोध प्रदर्शनको अधिकारलाई लिएर बहस भइरहेका बेला आएको हो । जन्तरमन्तरमा प्रदर्शनका लागि आह्वान गरिएको विषयलाई लिएर पनि केन्द्र सरकारको भूमिकामाथि प्रश्न उठाइएको थियो । प्रदर्शनकारीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको विशेष सघन पुनरावलोकनमा अनियमितता भएको आरोप लगाएका थिए ।

वाङ्चुकले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गर्ने अवसर नदिँदा नेपाल, श्रीलंका र बंगलादेशमा देखिएजस्ता परिणाम आउन सक्ने चेतावनी दिएका छन् ।

प्रदर्शन गर्न पूर्वअनुमति लिनु नपर्ने वाङ्चुकको तर्क

वाङ्चुकले नागरिकलाई प्रदर्शन गर्नका लागि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने व्यवस्था उचित नभएको बताएका छन् । उनका अनुसार कार्यक्रमबारे जानकारी राख्ने प्रयोजनका लागि अनुमति प्रणाली प्रयोग हुन सक्ने भए पनि त्यसलाई नागरिकको विरोध गर्ने अधिकार सीमित गर्ने माध्यम बनाउनु हुँदैन ।

उनले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्नु संवैधानिक अधिकार भएको उल्लेख गरे । प्रदर्शनकारीलाई गिरफ्तार गरेर उनीहरूको आवाज दबाउनुभन्दा उनीहरूले उठाएका मुद्दा सुन्नुपर्ने उनको भनाइ थियो ।

यसअघि वाङ्चुकले केन्द्र सरकारसमक्ष राखिएका मागको समर्थनमा २६ दिनसम्म अनशन बसेका थिए । उक्त माग तत्कालीन केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँग सम्बन्धित थियो ।

सरकारले अनावश्यक कदम चाल्दा नागरिकमा असन्तुष्टि बढ्ने र त्यसको राजनीतिक क्षति सरकार आफैंले बेहोर्नुपर्ने वाङ्चुकले बताएका छन् ।

अर्धसैनिक बल परिचालनप्रति पनि आपत्ति

वाङ्चुकले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अर्धसैनिक बल परिचालन गरिएको विषयमा पनि प्रश्न उठाएका छन् । आन्तरिक विरोध प्रदर्शन नियन्त्रणमा सुरक्षाबल प्रयोग गर्नुको सट्टा देशको सीमासुरक्षामा बढी ध्यान दिनुपर्ने उनको तर्क छ ।

उनले जाडोयाममा सुरक्षाबलको ध्यान र परिचालन अन्यत्र केन्द्रित हुँदा चीनले लद्दाखसँग जोडिएको सीमावर्ती क्षेत्रमा क्रमश: आफ्नो उपस्थिति विस्तार गर्ने गरेको दाबी गरे ।

उनका अनुसार सुरक्षाबल फर्किएर आउँदासम्म सीमाक्षेत्रको अवस्था बदलिसकेको हुन सक्छ र त्यसपछि अतिक्रमण वा भू-भागसम्बन्धी परिवर्तनलाई उल्ट्याउन कठिन हुन्छ ।

वाङ्चुकले गृह मन्त्रालयले देशको सीमासुरक्षालाई प्राथमिकता दिनुपर्ने र अर्धसैनिक बललाई रक्षा मन्त्रालयअन्तर्गत राख्ने विषयमा विचार गर्नुपर्ने बताएका छन् ।

लद्दाखको शासनमा स्थानीयको भूमिका माग

वाङ्चुकले लद्दाखको शासन सञ्चालनमा स्थानीय बासिन्दाको निर्णायक भूमिका हुनुपर्ने माग पनि दोहोर्‍याएका छन् ।

उनका अनुसार कुनै क्षेत्रको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णयमा त्यहीँका बासिन्दाको सहभागिता आवश्यक हुन्छ । स्थानीय भूगोल, वातावरण र सामाजिक अवस्थाबारे उनीहरूलाई बढी जानकारी हुने भएकाले क्षेत्रको भविष्यसँग सम्बन्धित निर्णयमा उनीहरू वा उनीहरूका प्रतिनिधि सहभागी हुनुपर्ने उनको तर्क छ ।

सन् २०१९ मा जम्मु–कश्मीरको पुनर्गठनपछि लद्दाखको शासन प्रणालीमा स्थानीय जनताको भूमिका कमजोर भएको वाङ्चुकको भनाइ छ । बाहिरबाट नियुक्त भएर आउने प्रशासकको नियत राम्रो भए पनि उनीहरूले लद्दाखको विशिष्ट पारिस्थितिकी र स्थानीय आवश्यकतालाई पर्याप्त रूपमा नबुझ्न सक्ने उनले बताए ।

उनले स्थानीय जनताको सहभागितामा निर्णय हुने लोकतान्त्रिक व्यवस्था आवश्यक रहेको बताएका छन् ।

वाङ्चुकलाई सन् २०२५ सेप्टेम्बरमा लद्दाखमा भएका हिंसात्मक प्रदर्शनपछि राष्ट्रिय सुरक्षा कानुन (एनएसए) अन्तर्गत एहतियाती हिरासतमा राखिएको थियो । उनलाई सन् २०२६ मार्चमा रिहा गरिएको थियो ।

लद्दाखको स्वायत्तता, स्थानीय अधिकार र वातावरणीय संरक्षणका विषयमा आवाज उठाउँदै आएका वाङ्चुकले शान्तिपूर्ण असन्तुष्टिलाई सम्बोधन गर्नु नै सरकारका लागि दीर्घकालीन रूपमा हितकर हुने बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
22h ago
मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

लद्दाखका सामाजिक अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका छन्।

#वाङ्चुक #सोनम
Compare →
Ekantipur
11h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#जलवायु #प्रदर्शन
Compare →
Hamro Patro News
8h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायुपरिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गर्नुभएक...

#जलवायु #बंगलादेश
Compare →

Related Stories

World News
Build #2612