Trending
Prev Story
Next Story

धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन् र आस छ नत्र नयाँ जोगीले साह्रै खरानी उडायो : बास्कोटा

Nagarik News •
October 25, 2026 • 02:17 AM
1
1 reads 0 reactions

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन्।

धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन् र आस छ नत्र नयाँ जोगीले साह्रै खरानी उडायो : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका हुन्। उनले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि टिप्पणी गर्दै त्यसलाई राष्ट्रघातको संज्ञा दिएका छन्।

बास्कोटाले प्रधानमन्त्री शाहले ग्रेटर नेपालको नक्सा टाँग्ने गरेको उल्लेख गर्दै सीमा विवादको विषयमा कुरा उठ्ने आशा व्यक्त गरे।

'अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने?' उनले प्रश्न गर्दै भने, 'मनरो डक्ट्रिन अर्थ मन्त्रीको भनाइले त्यो राष्ट्र घात हुन्छ। धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन्। र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो।'

प्रकाशित: ८ कार्तिक २०८३ ०८:०२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
10h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#बालेन-शाह #भारत
Compare →
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी चलिरहेका बेला रास्वपा सांसद सिंहले बढाए राजनीतिक दौडधुप

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी चलिरहेका बेला रास्वपा सांसद सिंहले बढाए राजनीतिक दौडधुप

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी गरेको बेला रास्वपा सांसद अमरेश सिंह राजनीतिक रुपमा सक्रिय देखिएका छन् । भाइटिकाको अघिल्ला दुई दिन सांसद सिंहले आफ्ना दलका सभापत...

#बालेन-शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612