Trending
Prev Story
Next Story

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

Nagarik News •
October 25, 2026 • 12:56 AM
1
1 reads 0 reactions

रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ।

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै पर्यटकका लागि खुला भएको हो।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले भोटेकोशी बाढीले क्षति पुगेको स्याफ्रुबेँसीमा आवतजावतका लागि अस्थायी पुल निर्माण भएसँगै पर्यटकका लागि उक्त पदमार्ग खुला भएको जानकारी दिए।

उक्त पदमार्ग भएर वार्षिक एक हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन्। तिब्बती प्रभाव र परम्पराले भरिपूर्ण तामाङ समुदायको जीवनशैली, ढुङ्गाले कुँदिएका घर तथा काठका झ्यालहरू, गुम्बा, मानेलगायतको अवलोकन गर्न मिल्ने उक्त पदमार्गमा सातदेखि १० दिनसम्म पदयात्रा गर्न सकिनेछ। उक्त पदमार्गमा आमाछोदिङ गाउँपालिकाको स्याफ्रुबेँसी, बाहुनडाँडा, गोल्जुङ, गत्लाङ हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ।

उक्त पदमार्गबाट गणेश हिमाल, लाङ्टाङ  हिमशृङ्खला तथा चिनियाँ सिमानाको मनोरम दृश्य हेर्न सकिने रसुवा–नुवाकोट पर्यटन समाजका सचिव दिनेश तामाङ फुलुङले जानकारी दिए।

उक्त पदमार्ग भएर धादिङको सुन्दर उपत्यका रुविभ्यालीसमेत जान सकिन्छ। धादिङका पर्यटन व्यवसायी राकेश धमलाले रसुवाको स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै रसुवाको तामाङ सम्पदा पदमार्गसँगै धादिङको रुविभ्याली पदमार्गसमेत खुला भएको जानकारी दिए।

तामाङ सम्पदा पदमार्ग भएर पदयात्रा गर्ने पर्यटक धादिङको रुविभ्याली गाउँपालिका अन्तर्गत सोम्ताङ, पाङ्साङपास, गणेश हिमालमा रहेको सेतोदह, कालोदह हुँदै धादिङको गङ्गाजमुना र गोरखाको मनास्लु जाने गरेका छन्।

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट अवरुद्ध भएको मनास्लु लार्केपास क्षेत्रसमेत पर्यटकका लागि खुला भइसकेकाले उक्त क्षेत्रमा पदयात्रा गर्न सकिनेछ। धादिङको रुविभ्याली पदमार्गमा वार्षिक ४०० देखि ५०० को हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक जाने गरेका छन्।

भोटेकोशी बाढीबाट प्रभावित पर्यटकीय गन्तव्य लाङ्टाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि यसअघि नै पदयात्राका लागि खुला भइसकेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले जनाएको छ।

पहिलो विकल्पअनुसार काठमाडौं हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याफ्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ। यसैगरी, दोस्रो विकल्पमा काठमाडौं–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड–ठूलोस्याफ्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ।

टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०६:४१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको प्रचारप्रसार, पर्यटन प्...

#पदमार्ग #पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#पदमार्ग #पर्यटक
Compare →
Onlinekhabar
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#पर्यटक #रसुवा
Compare →
Ekantipur
7h ago
तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

#तामाङ
Compare →

Related Stories

Technology
Build #2611