Trending
Prev Story
Next Story

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

७ कात्तिक, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक …

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

७ कात्तिक, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ।

प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक परेमा ७) खेल हुनेछन्। होराले पहिलो दिन शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

होराको ५७ अंकसँगै स्म्याश रुल लागू हुन आवश्यक थ्रेसहोल्ड ६७ अंक पुगेको छ। अन्तिम दिन कुनै टोलीले ६७ अंकको थ्रेसहोल्ड पार गरेपछि त्यसपछिको कुनै खेलमा चिकेन डिनर जितेमा प्रतियोगिताको विजेता बन्नेछ। त्यसपछि प्रतियोगिता समाप्त हुनेछ।

होराले आइतबार पहिलो खेलमै कम्तीमा १० अंक जोडेर ६७ अंकको थ्रेसहोल्ड पार गर्न सकेमा त्यसपछिको अर्को खेलमा चिकेन डिनर जित्दै उपाधि जित्ने अवसर पाउनेछ।

थ्रेसहोल्ड पार गरेपछि चिकेन डिनर जित्ने टोलीले नै उपाधि जित्ने भएकाले अन्तिम दिनको खेल निर्णायक हुनेछ।

होराभन्दा पछाडि यूएलएफको ५३ अंक छ भने अल्टर इगोको ४८ अंक छ । एकेजीको ४४ अंक छ भने मङ्गोल्जको ४१ अंक छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
एनपीएल प्लेअफ दौड रोमाञ्चक बन्दै : काठमाडौं शीर्ष स्थानमा, सुदूरपश्चिम दोस्रो र लुम्बिनीको पनि बलियो दाबेदारी !

एनपीएल प्लेअफ दौड रोमाञ्चक बन्दै : काठमाडौं शीर्ष स्थानमा, सुदूरपश्चिम दोस्रो र लुम्बिनीको पनि बलियो दाबेदारी !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ प्रवेशका लागि टोलीहरूबीच प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। लिग चरणका खेलहरू अघि बढ्दै जाँदा शीर्ष चारमा स्थान बनाउने होडमा विभिन्न टोलीबीच कडा प्र...

#स्थान #शीर्ष
Compare →
Ekantipur
1d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#स्थान
Compare →

Related Stories

Sports
Build #2612