Trending
Prev Story
Next Story

कालीगण्डकी नदीमा पुरुषको शव फेला

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना …

कालीगण्डकी नदीमा पुरुषको शव फेला

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ ।

कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो ।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रहरीले घटनास्थलमा शव जाँच, मुचुल्कालगायतका आवश्यक प्रक्रिया पूरा गरी शव वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।

मृतकको पहिचान खुल्न नसकेकाले उनलाई चिन्ने आफन्त वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।

#फेला #परे
Compare →
Nagarik News
1w ago
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।

#फेला #परे
Compare →
Hamro Patro News
1w ago
नागरिकता किर्ते प्रकरणमा तीन कर्मचारी पक्राउ

नागरिकता किर्ते प्रकरणमा तीन कर्मचारी पक्राउ

स्याङ्जा। सरकारी अभिलेखमा अनधिकृत हेरफेर गरी नागरिकता रद्द भएको देखाउने कागजात तयार पारेको आरोपमा स्याङ्जामा तीन कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रमाणसहित अनुसन्धान...

#स्याङ्जा #परे
Compare →
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#कालीगण्डकी
Compare →

Related Stories

World News
Build #2612