Trending
Prev Story
Next Story

किन १२ दिन ढिलो बाहिरियो मनसुन ?

Nagarik News •
October 14, 2026 • 09:01 AM
1
1 reads 0 reactions

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

किन १२ दिन ढिलो बाहिरियो मनसुन ?

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बहिर्गमन हुन थालेको थियो। त्यस दिन सुदूरपश्चिम र कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो।

बुधबारदेखि भने मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको महाशाखाले जनाएको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ गते हो। तर, यस वर्ष अक्टोबर १४ अर्थात् असोज २८ गते मात्रै मनसुन बाहिरिएकाले सरदर मितिभन्दा १२ दिन ढिलो भएको हो।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०८३ १४:४६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा...

#मौसम #महाशाखा #भूभाग
Compare →
Onlinekhabar
6d ago
आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२१ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका …

#मौसम #महाशाखा #भूभाग
Compare →
Arthasansar
5d ago
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

#मौसम #भूभाग
Compare →
Ekantipur
6d ago
यसपालिको मनसुनमा सरदर वर्षा, कर्णालीमा धेरै

यसपालिको मनसुनमा सरदर वर्षा, कर्णालीमा धेरै

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको 'मनसुन २०८३ को अवस्था प्रतिवेदन'अनुसार कोशी र मधेशमा सरदरभन्दा कम वर्षा हुँदा कर्णालीमा सरदरभन्दा बढी वर्षा भएको छ ।

#मनसुन
Compare →

Related Stories

Technology
Build #2611